डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त


[ss_social_share]
लेखक : लेखापढी      १८ मंसिर २०७७, बिहीबार २१:४८ मा प्रकाशित     
डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसी कोरोना संक्रमण मुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका डा. सन्तकुमार दासका अनुसार केसीको बुधबार गरिएको पिसिआर परीक्षणमा दोस्रो रिर्पोट नेगेटिभ आएको छ।

‘उहाँको रिर्पोट नेगेटिभ आएको छ,’ डा. दासले भने, ‘आज उहाँ घर जाँदै हुनुहुन्छ ।’

डा. केसीलाई केही दिन अक्सिजनको सहायतामा राखिएको थियो ।

संक्रमण भएको २१ औँ दिनमा डा. केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

संक्रमणमुक्त भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी बिहीबार साँझ डिस्चार्ज भएका छन्।

डा. केसीलाई कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो।