अलबिदा डिएगो म्याराडोना, अस्ताए चर्चित फुटबल खेलाडी


[ss_social_share]
लेखक : लेखापढी      ११ मंसिर २०७७, बिहीबार ०३:३९ मा प्रकाशित     
अलबिदा डिएगो म्याराडोना, अस्ताए चर्चित फुटबल खेलाडी

चर्चित फुटबलर डिएगो म्याराडोना (Diego Maradona)को ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो।
Maradona dead: Argentina legend and one of world's greatest footballers dies aged 60 | World News | Sky News
त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए।

आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, “तिमि सधैँ हाम्रो हृदयमा रहनेछौँ।”
उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए।

तीन दिनको शोक

आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले भनेका छन्, “तिमिले हामीलाई विश्वको उच्च तहमा पुर्‍यायौ, हामीलाई निकै खुशी दियौ। हामीले सधैँ तिमिलाई सम्झिरहने छौँ।”

म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए।

आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।

आफ्नो खेल करिअरको दोस्रो खण्डमा उनी कोकिनको लतमा परेर सङ्घर्ष गर्नु पर्‍यो। सन् १९९१ मा परीक्षणमा लागु पदार्थ पुष्टि भएपछि १५ महिना प्रतिबन्धमा परे।

व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए।

ब्राजिलका ख्यातिप्राप्त खेलाडी पेलेले ट्वीटरमा लेखेका छन्, “कस्तो दुखद खबर, मैले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमायौँ।”

“भन्नुपर्ने धेरै छ, तर अहिलेलाई ईश्वर परिवारका सदस्यलाई शक्ति प्रदान गरून्, मलाई आशा छ-एक दिन आकाशमा सँगै बल खेल्ने छौँ।”