दश बर्षे गृहयुद्ध र नयाँ पुस्ताले नसुनेको इतिहास !!


लेखापढी      १० आश्विन २०७७, शनिबार ०१:२३

दश बर्षे गृहयुद्ध र नयाँ पुस्ताले नसुनेको इतिहास !!
हामीले नेपाली इतिहासका विभिन्न कालखण्डमा भएका अनेकौ युद्ध, काण्ड, बिद्रोह बारे पढ्न, सुन्न पाएका छौ तर अनेकौ लेखकहरु द्वारा लिखित पुस्तकहरुमा केहि भिन्नता र परिभाषा फरक देखिन्छ।
यस्तै इतिहासहरु मध्ये हामीले प्रत्यक्ष देखेको, भोगेको हाम्रो सामु स्मरणमा रहेको पछिल्लो  एक युद्ध हो  तत्कालिन  माओबादीले गरेको गृहयुद्ध ।
उक्त दश बर्षे गृहयुद्ध लाई जनयुद्ध पनि भन्ने गरिएको छ तर त्यो एक गृहयुद्ध थियो जुन सत्ता हत्याउन र शासक बन्न खोज्नेहरुले रचेको योजनाबद्ध युद्ध पनि हो भन्ने कुरा नकार्न नसकिएला । 
 
दस बर्षे गृहयुद्धमा देश र जनताको सेवामा समर्पित अनेकौ रास्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीहरुले महत्वपुर्ण योगदान दिएका बीरगाथा बारे अहिलेका युवा पुस्ताले सिक्नुपर्ने, पढ्नुपर्ने केहि घटनाहरु रहेका छन ।
माओबादी द्वारा बर्दियाको रम्बापुर ब्यारेक, कर्णाली चिसोपानी ब्यारेक हमला लगायत मध्यपश्चिम र सुदुरपस्चिम क्षेत्रमा कैयौं ठुला हमलाहरुमा शाही नेपाली सेनाको ब्यारेकलाई बचाउन र सुदृढ गर्नको लागि उनले साहसिक एबम दुरदर्शी कमान्डर शाहले अतुलनिय योगदान पुर्याएका थिए।
एक अदृश्य पात्र:
Image may contain: 3 people, text that says 'नेपाल तारा नवल बहादुर शाह'माओबादी गृहयुद्ध चरम उत्कर्षको बेलामा “ढाडमा टेकेर टाउकोमा हान्ने” उनीहरुको रणनिती अनुरुप बर्दिया जिल्ला अवस्थित गुलेरिया ब्यारेक तथा ठाकुरद्वारा ब्यारेक कब्जा गर्ने योजना थियो । ब्यारेक कब्जा लगत्तै गुलेरिया सदरमुकाम कब्जा गर्ने उद्देस्य लिएर गणेशपुर इलाकामा बाटो अबरुद्ध गरे ।
सो अबरोध हटाउन आउने गुलेरियाको फौजलाई एम्बुसमा पारी गुलेरिया तथा ठाकुरद्वारा ब्यारेकमा  सजिलै सोहि रात हमला गर्ने योजना बनाइरहेको थियो । उक्त योजना र आक्रमण बिरुद्ध सोहि दिन नेपालगंज तर्फ बाट आउंदै गरेको शाही नेपाली सेनाको अजय दल गुल्मले गरेको प्रतिकारात्मक कारबाहीमा बहादुरी तथा सफलता पुर्वक नेतृत्व गरेका थिए कमान्डर नबल बहादुर शाह । 
उक्त समयमा माओबादी द्वारा बर्दियाको रम्बापुर ब्यारेक, कर्णाली चिसोपानी ब्यारेक हमला लगायत मध्यपश्चिम र सुदुरपस्चिम क्षेत्रमा कैयौं ठुला हमलाहरुमा शाही नेपाली सेनाको ब्यारेकलाई बचाउन र सुदृढ गर्नको लागि उनले साहसिक एबम दुरदर्शी कमान्डर शाहले अतुलनिय योगदान पुर्याएका थिए। त्यति खेर त्यस क्षेत्रहरुमा तैनाथ शाही सेनाका जवानहरुको भनाइ अनुसार अजय दल र त्यस गुल्मका गुल्मपतीले माओबादिले आक्रमण गर्छ भनेर तर्सेर बसेका त्यस क्षेत्रका हरेक ब्यारेकको सुरक्षा एबं उनिहरुको जिम्मेवारी इलाकामा सैनिक कारवाही गर्न समेत जानु पर्थ्यो।
कालिकोटको पिली ब्यारेक आक्रमणको भोलि पल्ट पिली क्याम्पबाट घाइते अवस्थामा भागेर ज्यान जोगाउन (नाङ्गै-'भित्रि बस्त्र समेत नभएका') भौंतारिएका करिब १५ /१६ जना सहित अन्य लगभग ६ दर्जन सेनाका जवानहरुलाई नबल ब. शाहकै नेतृत्वको अजय दल फौजले उद्दार गरि नेपलगंज पठाएको थियो साथै पिली र तिला बीचको तारे भिरमा अड्केका दर्जनौं सेनाका शबहरु एकत्रित गरि नेपालगंज पठाएका थिए ।
 
यही अजय दल गुल्मले रुकुमको खारा हानेर फर्केका माओबादि बिरुद्ध रोल्पामा गरेको कारवाहीमा समेत व्यापक क्षति पुर्याउनुको साथै थुप्रै हात-हतियार समेत जफत गरेको थियो, जुन पछि गएर खारामा भएको पत्रकार सम्मेलनमा खारा बेस वरिपरि प्राप्त गरेको हतियारमा थपेर प्रदर्शन गरिएको थियो।
उक्त कारबाहीमा प्रचण्डले डा. बाबुरामलाई बन्दि बनाएर राखेको लगायत अन्य ज्यादै सामरिक महत्त्वका सूचना भएको दस्तावेजहरु, अडियो, भीडियो सी. डि. कब्जा गरेका थिए । जसले नेपाली राजनीतिमा ठुलो हलचल ल्याएको थियो । अजय दलले गरेको फौजी कारबाहीमा केहि मिनेटको फरकले मात्र प्रचण्डले आफ्नो ज्यान बचाउन सफल भएका थिए ।
 
कालिकोटको पिली ब्यारेक आक्रमणको भोलि पल्ट पिली क्याम्पबाट घाइते अवस्थामा भागेर ज्यान जोगाउन (नाङ्गै-‘भित्रि बस्त्र समेत नभएका’) भौंतारिएका करिब १५ /१६ जना सहित अन्य लगभग ६ दर्जन सेनाका जवानहरुलाई नबल ब. शाहकै नेतृत्वको अजय दल फौजले उद्दार गरि नेपलगंज पठाएको थियो साथै पिली र तिला बीचको तारे भिरमा अड्केका दर्जनौं सेनाका शबहरु एकत्रित गरि नेपालगंज पठाएका थिए । त्यसरी ज्यान जोखिममा राखेर जम्मा गरेका शबहरु लिन हेलिकप्टर पठाउनुको सट्टा सेनाको बिकाश निर्माण महाशाखा र डिभिजन हेडक्वाटरबीच आक्रमण र क्षतिको जिम्मेबारी को हुने भन्ने कुरामा जुहारी चलेको घटना तीतोसत्य हो। यता पिली पुगेको फौज भने शबहरु कुर्दै भोकभोकै बसिरहेका थिए। केहि समय पछि जुम्लाबाट फर्किंदै गरेका क्याप्टेन रामेश्वर थापाले सडेर गलिसकेका देशको लागि लडेका सेनाका शबहरुको उद्दार गरि काठमाण्डौ पुर्याएका थिए । शाहको नेतृत्वको फौजले आक्रमणमा परेको पिली बेस क्याम्पलाई पुन: सुदृढ गरेपछि भने अन्योलमा परेको कर्णाली राजमार्ग निर्माण कार्य पुन: सुचारु हुन पुगेको थियो|
 
अन्य युद्ध घटना :
२०५८ असारमा २३ मा लमजुङको बिचौरमा माओवादीसँगको भिडन्तमा मारिएका प्रहरीहरू ।
२०५८ असारमा २३ मा लमजुङको बिचौरमा माओवादीसँगको भिडन्तमा मारिएका प्रहरीहरू ।

लमजुङ्को विचौर-९ मा रहेको प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा काठमाण्डौ घर भएका प्रहरी इन्स्पेक्टर किरण सिंह थापा र प्रहरी नायब निरिक्षक नवलपरासी दाउन्नेका मोतिलाल थापा सहित चौकीमा रहेका २४ मध्ये २२ जनाको प्रहरीको मृत्यु भएको थियो। माओवादी स्क्वायड सह-कमाण्डर गोरखा,देउरालीकी कल्पना नहर्की ( नामुना ) सहित ६ जना माओबादी र १ जना सर्वसाधारणको समेत ज्यान गएको उक्त आक्रमणमा प्रहरी तर्फ गोलि गट्ठा सकिंदा इन्स्पेक्टर सहित केहि प्रहरीको लास घाँटी रेटिएको अबस्थामा भेटिएको थियो ।

२०५९ कार्तिक १० गते राती माओबादीले पश्चिमको अनुभबी मंगलसेनको लडाकु टिम सहित ओखलढुङ्गाको रुम्जाटार विमानस्थल आक्रमण गर्यो । तर ५१ जनाको संख्यामा रहेको रणसिंह दल गणका क्याप्टेन २८ बर्षिय दिनेश थापाको बहादुरी र रणकौशलको कारणले सिन्धुलि भिमान इ.प्रा.का जितेर हौसियको अग्नि सापकोटाको नेतृत्वको करिब ४००० संख्याको माओबादी टोलि कम्तिमा पनि आफ्ना २०० छापामारहरु गुमाई लडाईं हारेर ठुलो क्षति बेहोर्दै लज्जाका साथ रिटिट भएको थियो ।
२०५८ तिर माओबादीको बर्बरता उत्कर्षमा पुगेको थियो !
 
तत्कालिन माओबादीले गरेको अमानबियता:
Image may contain: 1 person, hat
अछामका प्रमुख जिल्ला अधिकारि मोहनसिंह खत्री
युद्धमा विपक्षीले हार स्वीकार गरे पछी वा बिपक्षी निरिह बनेको अबस्थामा अमानबिय कार्य गर्न नहुने आफ्नै नियम हुन्छन तर तत्कालिन समयमा माओबादीले नेपाली सेना र प्रहरी जवान माथि जित हासिल गरे पश्च्यात पनि बर्बरतापुर्ण तवरले हत्या गरेको पाइन्छ ।
रुकुम खारा दोश्रो आक्रमणमा जम्मा तिन जना सुरक्षाकर्मि मारिएका थिए भने ति मध्ये शाही सेनाका जवानहरु सुर्खेतका खीमबहादुर बडुवाल र गोरखाका कृष्ण कोइराला घाइते भएपनि सामान्य उपचार पछि “हामि लड्छौं” भन्दै पुन: आफ्नो पोस्टमा पुगी लडेका थिए ।

अछाममा प्रमुख जिल्ला अधिकारि मोहनसिंह खत्रीलाई बञ्चरोले टाउकोमा हानेर राँगो ढाले झैँ ढाली गोली हानेर हत्या गरेका थिए । माओवादीले सल्यान सितलपाटीका प्रहरीहरुले आत्मसमर्पण गरिसकेपछि छाती र कञ्चटमा बन्दुक राखेर गोली हान्दै तिनीहरुको लिङ्गसमेत काटेर फ्याँकिदिए । मङ्गलसेन सैनिक ब्यारेकका कप्तान रमेश बोहोराको टाउको, हात र खुट्टा गिँडेर तीन टुक्रा बनाई उनकै स्लीपिङ्ग व्यागमा कोचिएको थियो भने काभ्रेको भकुण्डेबेँसीको आक्रमणमा मारिएका प्रहरीहरु मध्ये केहीलाई अचानोमा राखेर गिँडिएको अवस्थामा भेटिएको थियो ।
रुकुम खारा दोश्रो आक्रमणमा जम्मा तिन जना सुरक्षाकर्मि मारिएका थिए भने ति मध्ये शाही सेनाका जवानहरु सुर्खेतका खीमबहादुर बडुवाल र गोरखाका कृष्ण कोइराला घाइते भएपनि सामान्य उपचार पछि “हामि लड्छौं” भन्दै पुन: आफ्नो पोस्टमा पुगी लडेका थिए । तर माओबादीले प्रहार गरेको दोस्रो पटकको ग्रिनेडबाट भने उनीहरु बच्न सकेनन् ।
१० बर्षे युद्धमा होमिने, सहादत हुने, अंगभंग हुनेहरु सबै हाम्रै नेपाली दाजु-भाई, दिदि-बहिनीहरु नै हुन तर उक्त युद्धबाट केहि सिमित बर्गले आफ्नो दुनो सोझ्याएको, आलिशान महलमा विराजमान भएको सर्बविदित नै छ । 
खारा स्थित भैरवी गणमा डिफेन्सको कमाण्ड गरेका मेजर हरिबाबु बोगटीले ब्यारेकमा तैनाथ २५ जना युनिफाइड प्रहरीलाई समेत अमेरिकाले दिएको हतियार चलाउने तालिम दिएका थिए। आक्रमणको बेला एउटै पोस्टमा तैनाथ प्रहरीले संगैका आर्मी घाइते भएपछी त्यहि हतियार प्रयोग गरेर रातभर लडेका थिए ।
Image may contain: one or more people, outdoor and nature
खारा आक्रमणको भोलिपल्ट देखिएको सेनाको बंकर
फस्ट राइफल गणका कमान्डर (मेजर) सुमन समशेर राणा बिरामी भई उपचारको लागि काठमाण्डौ पुगेको बेला क्याप्टेन झपट बहादुर थापाले सम्हालेको सल्यान–रुकुम–मुसिकोट सडकखण्ड निर्माण सुरक्षार्थ खाराको सतिपोलेमा बसेको टोलिले यति बहादुरी पुर्वक बिद्रोही हमलाको शसक्त प्रतिकार गरेको थियो कि जंगी अड्डाले खारामा लड्ने लगभग सबै जसो सैनिकलाई दुई पटक शान्ति सेनामा जाने मौका दिएको थियो । खारामा लड्न नपाएका मेजर चाहिं खारा हमलाको केहि समय पछि नै अमेरिका पलायन भएका थिए । 

यी त केहि युद्ध घटनाहरु मात्र हुन जुन अहिलेका नयाँ पुस्ताको लागि इतिहास र नेपाली सेनाले निर्बाह गरेको महत्त्वपुर्ण योगदान र बिरगाथा सबैले मनन गर्दैपर्दछ । 
१० बर्षे युद्धमा होमिने, सहादत हुने, अंगभंग हुनेहरु सबै हाम्रै नेपाली दाजु-भाई, दिदि-बहिनीहरु नै हुन तर उक्त युद्धबाट केहि सिमित बर्गले आफ्नो दुनो सोझ्याएको, आलिशान महलमा विराजमान भएको सर्बविदित नै छ । 
कुनै राजनैतिक स्वार्थको लागि भविष्यमा यस्ता गृहयुद्ध हुनुहुदैन, जसमा आफ्नै दाजु-भाई पक्ष-विपक्ष र दुस्मन बन्नु पर्ने अबस्था नआओस ।
https://lekhapadhee.com/2020/08/27/nepali-poem-2/ 


गोबिन्द सिंह ठकुरी 
दैलेख, कट्टी  
हाल – टेक्सास , अमेरिका