संविधान दिवसको अवसरमा आज दुबई स्थित बिश्वकैअग्लो भवनमा नेपाली झण्डा


लेखापढी      ३ आश्विन २०७७, शनिबार ०४:५६

संविधान दिवसको अवसरमा आज दुबई स्थित बिश्वकैअग्लो भवनमा नेपाली झण्डा

संसारकै अग्लो भवन दुबई स्थित ‘बुर्ज खलिफा’ BURJ KHALIFA मा  आज नेपालको झण्डा झलमलाउने भएको छ।

आबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफूहरुको पहलमा युएई सरकारले शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको जनाएको छ।
बुर्ज खलिफा संगै अबुधाबीमा रहेको ADNOC भवनमा समेत नेपाली झन्डा प्रदर्शन गरिने छ | 

गत वर्ष संविधान दिवसको अवसरमा सो भवनमा पहिलाे पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो। यस भवनको उचाई ८२९.८ मिटर छ भने उक्त भवनमा १६३ तला रहेको छ |

गत वर्ष पनि उक्त भवनमा नेपाली झण्डा झल्काइएको थियो |