बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित


लेखापढी      १ आश्विन २०७७, बिहीबार १४:४९

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् ।