रातो-निलो रंगमा सजिएको रेल जयनगर आइपुग्यो, भोलि नेपाल आईपुग्ने ।


लेखापढी      १ आश्विन २०७७, बिहीबार २३:२९

रातो-निलो रंगमा सजिएको रेल जयनगर आइपुग्यो, भोलि नेपाल आईपुग्ने ।

जयनगर- जनकपुर रुटमा चल्ने रेल बिहिबार साझ जयनगर आइपुगेको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ ।

रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् ।

यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् ।

मिश्रका अनुसार सबै तयारी समयकै पुरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चलाउने विषय अब कम्पनीको भएको उनको भनाइ छ ।
सरकारले २०७५को पुसबाट नै बन्द रहेको जनकपुर-जयनगर रेल चलाउने घोषणा गरेको थियो ।