आज बिहीबार थप १ हजार २४६ जनामा थप कोरोना, १२४३ जना डिस्चार्ज


लेखापढी      १ आश्विन २०७७, बिहीबार १७:१०

आज बिहीबार थप १ हजार २४६ जनामा थप कोरोना, १२४३ जना डिस्चार्ज

आज बिहीबार थप १ हजार २४६  जनामा कोरोना संक्रमण देखिएको छ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या  १६ हजार २४१ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यी सहित हाल सम्म संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।
 आज मृतक थप ४ जनामा कोरोना पुष्टि भएको छ। यी सहित हालसम्म मृतक ३ सय ८३ जनामा कोरोना पुष्टि भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् ।