बिच भड्खालोमा छोडिएको देश !!! फर्किएर किनारा लगाउनै पर्दछ।


लेखापढी      ३१ भाद्र २०७७, बुधबार ०४:४७

बिच भड्खालोमा छोडिएको देश !!! फर्किएर किनारा लगाउनै पर्दछ।

नेपालमा आएर पश्चिमा, अमेरिका र भारतले खेलेको खेलमा चीनले पो खेल जित्न थाल्यो। कसरी होला? काँग्रेस भारत परस्त भन्दा भन्दै पश्चिमा र अमेरिकाको हातमा गएर खस्कियो। कम्युनिस्ट त सबैको साझा भएर अन्तत चीनको औलामा नै गएर नाच्न थाल्यो।

स्थानीय चुनाब घोषणा हुना साथ सम्पुर्ण जनता आ-आफ्नो थाकथलोमा फूपू-फुपाज्यु, दाइ-भाइ, बा-आमा, दिदी-भेना, मितबा- मितआमा, मामा-माईज्यु जिताउन र शत्रु हराउन मुढेबल लगाएर चुनाबमा लाग्छन्। किनभने स्थानीयको काम, रिस राग तथा सपोर्ट र ब्यथा आफ्नै स्थानीय प्रति नै रहन्छ। स्थानीयलाई दुख, पिर, मर्का र गुनासो त्यति केन्द्रसँग रहँदैन जति स्थानीय तबरमा रहन्छ।

यदि कसेैले कम्युनिस्ट फुटोस भनेर प्रार्थना गर्दछ भने अब कम्युनिस्ट फुट्न कम्तिमा पनि छ महिना लाग्छ। यदि छ महिना भित्र सरकारले स्थानीय चुनाव घोषणा गरे यसले गणतन्त्रलाई भरपुर फाईदा मिल्ने छ। कसैले परिवर्तन गर्ने भनेर सोचेका छन् भने सोचेको सपना पूरा हुन्छ भनेर अबको ५ बर्ष सम्म नचिताए हुन्छ। स्थानीय चुनाब घोषणा हुना साथ सम्पुर्ण जनता आ-आफ्नो थाकथलोमा फूपू-फुपाज्यु, दाइ-भाइ, बा-आमा, दिदी-भेना, मितबा- मितआमा, मामा-माईज्यु जिताउन र शत्रु हराउन मुढेबल लगाएर चुनाबमा लाग्छन्। किनभने स्थानीयको काम, रिस राग तथा सपोर्ट र ब्यथा आफ्नै स्थानीय प्रति नै रहन्छ। स्थानीयलाई दुख, पिर, मर्का र गुनासो त्यति केन्द्रसँग रहँदैन जति स्थानीय तबरमा रहन्छ। स्थानीय चुनाव घोषणा हुनासाथ सम्पुर्ण जनताआ-आफ्नो गाउँघर फर्कि चुनाबको चटारोमा लाग्नेछन्।

क्रान्तिकारी बिप्लपलाई गणतान्त्रिक सरकारले जसरि भए पनि आफ्नो पक्षमा राख्न न्वारन देखिकै बल लगाउने नै छन्। अर्को महत्त्वपूर्ण कुरा परिवर्तन त्यसै घरमा आमा अथवा बुढीले खाना पस्केको झैं सहज कहिले हुँदैन। यसको लागि बिचार, सिद्धान्त, प्रशिक्षण तथा अनुशासनको महत्त्वपूर्ण भुमिका रहन्छ भने संगठनको संरचनाले अहम भुमिका खेल्नेछ।

कोही चुनाब लड्न, कोही आफ्नो उम्मेदवार पठाउनमा व्यस्त हुन्छन् र चुनाबमा आफ्नो उम्मेदवार कसरी जिताउने भनेर लाग्नेछन्। त्यसको लगत्तै देश र जनता केन्द्रीय र प्रदेशको चुनाबमा देश होम्मिनासाथ परिबर्तनकारिलाई ठुलै धक्का लाग्नेछ। त्यसपछि कुनै हालतमा सोचेको परिवर्तन ल्याउन जनताले साथ देला भनेर नसोचे हुन्छ किनभने उनीहरू आफ्नै गाउँकै भलो कसरी हुन्छ भन्नेमा र बिगतको रिस फेर्नमा नै तल्लीन हुन्छन्। स्थानीय चुनाबको घोषणाले हामीले सोचेको परिवर्तन तथा शासन पद्धति ल्याउन फेरि अर्को जुग कुर्न पर्ने हुन्छ र प्राय जसो सबै अभियन्ता हतोत्साहित भएर यहि शासन पद्धति भित्र नै लडेर बस्ने मनस्थितिमा लाग्नेछन्।

राजसंस्थाको सदस्यहरूको कुरा पनि कति गर्नु, के उनीहरू पनि कर्मनिष्ठ भएर संस्कार रआफ्नो मौलिक सभ्यतामा अनुशासित भएर बसेका छन् त? उनीहरूले राजधर्म बुझेका छन् त? राजसंस्थाको परम्परागत नियम धर्मलाई बुझेका छन् त? पछसका राजसंस्थाका सदस्यहरूले क्षत्रीय धर्म के हो बुझे त? राजसंस्थाको मुल पहिचान के हो त? म राजा हुन जन्मेको होइन यहि हो त असली पहिचान?

क्रान्तिकारी बिप्लपलाई गणतान्त्रिक सरकारले जसरि भए पनि आफ्नो पक्षमा राख्न न्वारन देखिकै बल लगाउने नै छन्। अर्को महत्त्वपूर्ण कुरा परिवर्तन त्यसै घरमा आमा अथवा बुढीले खाना पस्केको झैं सहज कहिले हुँदैन। यसको लागि बिचार, सिद्धान्त, प्रशिक्षण तथा अनुशासनको महत्त्वपूर्ण भुमिका रहन्छ भने संगठनको संरचनाले अहम भुमिका खेल्नेछ। बिचार तथा सिद्धान्त ब‍ोक्न जनमानसको आबश्यकता पर्छ र त्यसको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समुहलाई बुझाउन र प्रभावित गर्ने लायक, राजनिती शास्त्र बुझेको, नैतिकताको ओझ बोकेको नेतृत्व चाहिन्छ।

महत्त्वपूर्ण कुरा यसको लागि आर्थिक व्यवस्थापन हुन अत्यावश्यक हुन्छ, पञ्चायती व्यबस्थामा जस्तो आफ्नो घरखेत बेचेर र सिद्वाएर कसैले राजनीति गर्न चाहन्नन् र त्यो अहिलेको समयमा सान्दर्भिक पनि हुँदैन। अब यदि जुन सिद्धान्त र बिचारमा आबद्व भएर लागेका अभियन्ता छन् तिनले अर्थ जुगाड गर्न महाभारत नै हुने देखिन्छ। तर यस्तो राजनिती, कुरा लगाएर बस्ने झुण्ड र मागेर खानेको झुण्डले त्यति महत्त्व दिंदैन। किनभने उनिहरूले राजनिती बुझ्नु भन्दा क्षणिक चर्चालाई ठूलो ठानेका छन्। उनिहरूको लागि त म नै सर्वेसर्वा भनेर देखाउनु नै एउटा महत्त्वपूर्ण रहला। अर्को बझ्न आबश्यकता कुरा के हो भने बिदेशीले आफ्नो स्वार्थ पुर्ति गर्न आफ्नो दलाल तथा गुलाम प्रयोग गरि अथाहा सम्पत्ति खर्चेर यो अबस्थामा आईसकेको छ भने अब उनिहरूले अझै खर्च गर्न उनिहरूको एजेन्डालाई कसैले स्विकार गर्ने देखे मात्रै हो। हाम्रो एजेन्डालाई उनिहरूले सहयोग गर्ने कुरै आउँदैन किनभने हामीले बोकेको एजेण्डा यो देशको माटोको सुगन्ध अनुरूप माटोलाई सुहाउने राष्ट्रवादी र देशभक्तिपुर्ण छ। अब हाम्रो एजेन्डालाई स्विकार गर्ने व्यक्ति तथा संस्थाहरू चाहिँ आफ्नो सम्पत्ति बचाउन मात्रै पो लागेका हुन् कि भन्ने भान हुन्छ। यस्ता ठुला कुरा गर्ने तर कति त आफ्नो कर्म प्रति निष्ठा नभई मोजमस्तीमा मात्रै पो लागेका देखिन्छन्।

राजसंस्थाको सदस्यहरूको कुरा पनि कति गर्नु, के उनीहरू पनि कर्मनिष्ठ भएर संस्कार रआफ्नो मौलिक सभ्यतामा अनुशासित भएर बसेका छन् त? उनीहरूले राजधर्म बुझेका छन् त? राजसंस्थाको परम्परागत नियम धर्मलाई बुझेका छन् त? पछसका राजसंस्थाका सदस्यहरूले क्षत्रीय धर्म के हो बुझे त? राजसंस्थाको मुल पहिचान के हो त? म राजा हुन जन्मेको होइन यहि हो त असली पहिचान? यी प्रश्न गहन र सोचनीय छन्। यहाँ उकास्नेहरूले त थाईल्याण्डको राजकुमार राजा हुनू भन्दा अगाडि कस्ता थिए ? ड्रग खान्थे र केटी फेरि फेरि हिंड्थे, बबाल मच्चाएर हिंड्ने गर्थे भनेर पम्प हान्ने पनि छन्। राजकुमारले त पाएकै अधिकार ह‍ो राजाको छोरा भएपछि मस्ति गर्ने त हो नी भनेर उकास्ने पनि छन्। बिचराहरूलाई के थाहा अहिलेको समाज र दुनियाँ पहिला जस्तो हरिलट्ठक छैन भनेर। तिनले थाहा पाए कि पाएनन् कुन्नि थाईल्याण्डमा त्यहि उद्वण्ड राजाको बिरोधमा ब्याङ्कक नै जाम गरेर राजा सुध्रिनु पर्यो भनेर आन्दोलन गरे। जुन देशको जनताले सपिङमलको राजाको शालिकमा पनि धुप बत्ति बालेर चप्पल तथा जुत्ता फुकालेर नाङ्गो खुट्टाले ढोक्थे त्यहि देशको जनताले राजसंस्थामा सुधारको जरूरत छ भनेर सडकमा धर्ना गर्न बसे। बिदेशमा अरबौं रमाइलोमा खर्च गर्ने तर आफ्नो अभियान तिर ध्यान नदिने र अभियानमा कसैले खर्च गर्दिनु पर्ने तथा अर्थ जुगाड गर्दिनुपर्ने अभिव्यक्त गर्दै हिंड्ने पनि देखिए। कोहि अझै पनि धर्म र संस्थाको नाम भजाई बिदेशमा रगत पसिना खर्च गरि कमाएको हाम्रा श्रमिक दाजुभाइको पैसामा मोजमस्ति गर्दै स्कुले राजनीतिमा नै व्यस्त देखिन्छन्।

यहाँ त जुन थालीमा खायो त्यहिँ फोहोर गर्ने र जुन बिचारमा लाग्यो त्यसकै भित्रभित्रै बिरोध गर्ने र शासन पद्धति परिवर्तन नभएकैमा दङ्ग पर्नेहरूको जमात पनि देखियो। बल्ल बल्ल अभियानकर्ताहरूलाई ललाई फकाई तथा सम्झाई बुझाई राजसंस्था प्रति सकरात्मक बनाएर ल्यायो। तर त्यहि भित्रकै व्यक्तित्वले छवि ध्वस्त बनाएर हिंड्दा संस्थामा पहिरो गईरहेको अनुभुती हुन्छ। नयाँ तथा नव अभियन्ताहरूमा बिस्तारै यस प्रति चाख मर्दै जानुमा म यी कारण बाहेक अरू देख्दिन।

यदि यस विषम परिस्थितिलाई कसैले बुझ्न सक्दैनन् र प्रयास गर्दैनन् भने राजनीति नगरि चुपचाप घरमै बसे हुन्छ। कोही यस्ता नाटककार, कोही खाली मुर्दावाद मात्रै भन्ने, जे पनि मैले गरेको भनेर गफ दिने, एक दिन एक रात प्रहरीले समातेर थानामा राखे बिरामी भएको नाटक गर्ने, घ्वाँ घ्वाँ रूने, छुटाउन पर्यो भनेर हारगुहार गर्ने, लौ न कहिले बाहिर निस्कन पाईन्छ मेरो परिवारलाई सम्झाउन पर्यो भनेर सुक्क सुक्क गर्ने नौटङ्कीहरू जस्ता राजसंस्था र धार्मिक अभियन्ताहरूमा तमाम देखियो। अरू क्रान्तिकारी र प्रजातन्त्रकारी भन्नेको त हामीले बुझ्न पाएनौ तर आफै लागेको अभियानका अभियन्ताहरूको अभिनय चाहिँ गजब देख्न, सुन्न र मनन गर्न पाईयो।

यहाँ त जुन थालीमा खायो त्यहिँ फोहोर गर्ने र जुन बिचारमा लाग्यो त्यसकै भित्रभित्रै बिरोध गर्ने र शासन पद्धति परिवर्तन नभएकैमा दङ्ग पर्नेहरूको जमात पनि देखियो। बल्ल बल्ल अभियानकर्ताहरूलाई ललाई फकाई तथा सम्झाई बुझाई राजसंस्था प्रति सकरात्मक बनाएर ल्यायो। तर त्यहि भित्रकै व्यक्तित्वले छवि ध्वस्त बनाएर हिंड्दा संस्थामा पहिरो गईरहेको अनुभुती हुन्छ। नयाँ तथा नव अभियन्ताहरूमा बिस्तारै यस प्रति चाख मर्दै जानुमा म यी कारण बाहेक अरू देख्दिन। यति धेरै नकरात्मक हुँदा हुँदा पनि जनतामा एउटा किसिमको आशा पलाएको छ, भरोसा जागेको छ।

धेरै बर्ष अगाडि एउटा कुरा ब्यक्त गरे झैं अझै पनि त्यहि कुरामा ढृढ छौं। यदि राजसंस्था र वैदिक सनतान हिन्दु अधिराज्य यो देशमा स्थापित हुन्छ भने त्यो राजसंस्था र यसका समर्थकका सुकार्यले गर्दा भन्दा पनि गणतन्त्रका कुपात्रहरूको कुकार्यले मात्रै गणतन्त्र ढलेर राजसंस्था सहित व‌ैदिक सनातन शासन पद्धति फर्किन सक्ने सम्भावना छ जुन झनै बढेर गएको छ। बिडम्वना यहाँ राजनीति बुझ्ने भन्दा मुर्दावादको नारा लगाउने र स्कुले राजनितीको झुण्ड मात्रै राजसंस्था वरिपरि घुमिरहेकोले परिवर्तनको खाका बोक्नेहरूको ओझ कम भएको महशुष गरेका छन्। यस्तै तोरी लाउरे अबस्था रहि रहे र तोर्पेहरूको जगजगी रहि रहे राजसंस्था फर्किने होइन कि कहिले नआउने सम्भावना बढेर जान सक्छ। जनता नेतृत्व ख‍ोजेर भौतारिरहेका छन् तर राजसंस्था मैले बुझे भन्नेमा नै व्यस्त छन्। समय घर्कि सकेको अबस्था छ यदि यो कुरा राजसंस्था र धार्मिक अभियन्ताले मनन गर्न नसकेमा सरकारले चाँडो नै स्थानीय चुनाव घोषणा गरे अर्थ न व्यर्थ गोबिन्द गाईको समुहलाई नमिठो झापड हुने छ। अब सबैले बुझ्न र मनन गर्न सके राजसंस्था फेरि स्थापित गर्न कुनै महाभारत छैन तर राजसंस्था देखि सम्पुर्ण नागरिकले कुरा बुझ्न अत्यावश्यक छ।

अबको शासन पद्वती पुर्ण रूपले राष्ट्रिय सरोकार मञ्च नेपालका बिदेश बिभाग प्रमुख श्री रोशन श्रेष्ठले आफ्नो धारणा राखे बमोजिम नागरिकको बर्चश्व र सर्वोच्चता अनुरूप शासन पद्धति हुन जरुरी छ। जहाँ नागरिकले भने अनूरूप संविधान बन्नेछ भने पुर्ण रूपले नागरिक अन्तर्गत राजसंस्था रहन पर्दछ। यहाँ जनता देखि राजसंस्था सम्मलाई अंकुश लाग्नेछ र राजा देखि रङ्क सम्म नागरिक संबिधान भन्दा तल रहनै पर्नेछ। कुरो बुझौं र एक ठाउँमा आउँ, यदि आफ्नो शासन पद्वति लागू गर्ने हो भने नत्र सबै झोलीतुम्बि  बोकेर बनारस गए हुन्छ। जय देश, जय जनता!


सोम बिक्रम सिंह 
काठमाडौँ 
(सोम बिक्रम सिंह रास्ट्रिय सरोकार मंच नेपलका रास्ट्रिय अध्यक्ष साथै कर्मनिस्ठ अभियन्ता हुनुहुन्छ )