असोज १ देखिनै लामो दुरीको यातायात खुल्ने, भाडा ५० प्रतिशत बढ्यो


लेखापढी      ३० भाद्र २०७७, मंगलवार २०:३९

असोज १ देखिनै लामो दुरीको यातायात  खुल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्री ज्ञवालीका अनुसार  सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ।  यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनु पर्नेछ।