स्व. राजा वीरेन्द्रले प्रयोग गर्ने एभ्रो विमानलाई नारायणहिटी तर्फ लगियो


लेखापढी      २८ भाद्र २०७७, आईतवार ०५:२८

स्व. राजा वीरेन्द्रले प्रयोग गर्ने एभ्रो विमानलाई नारायणहिटी तर्फ लगियो

काठमाडौँ |  शनिबार साँझ काठमाडौं सडकमा नेपाली सेनाको विमान गुडिरहेको देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीय पनि दंग परे ।
त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न राति सवारी साधनको चाप न्युन भएको अबसरमा लागिएको हो |
उक्त विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।
यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।

विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालेरअगाडीबाट गाडीले तानेको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो । गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।

यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने छ । आवश्यक तयारीपछि सर्वसाधारणले पनि यसको अवलोकन गर्न पाउनेछन् ।