गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनिलाई कारबाही


लेखापढी      २७ भाद्र २०७७, शनिबार १४:५३

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनिलाई कारबाही

औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेको भन्दै उपत्यकाका ५ उद्योगलाई कारबाही गरेको छ ।

मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंका ४ र भक्तपुरका १ उद्योगलाई कारबाही गरिएको हो ।

ती उद्योगलाई क्षतिपूर्ति सहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले एक सूचना जारी गर्दै जनाएको छ ।