भोटर जनतालाई भेंडो बनायो, नजिककोलाई अरिङ्गाल…


लेखापढी      २५ भाद्र २०७७, बिहीबार ०४:५४

भोटर जनतालाई भेंडो बनायो, नजिककोलाई अरिङ्गाल…

बर्तमान परिस्थितिमा हाम्रो सुन्दर देश कता पुगेको छ? नेताहरुको भासण कै कुरा गर्ने हो भने कल्पना मै हामि स्विटजरल्याण्ड पुगिसक्यौ, कुनै नेताले थाईल्याण्ड पुगायेका छन् भने अमेरिका र युरोपको सपना नदेखाउने नेता सायद कोहि छैनन ।

भोटर जनतालाई भेंडो बनायो, नजिकैकोलाई अरिङ्गाल भन्यो। स्यालले रजाइँ गर्दै सर्प पाल्न देशको ढुकुटी फोडे। बाँकि ढुकुटी रित्याउन अब व्वाँसो निस्कन्छ.....

यिनै नेताहरुको कल्पना र सपनामा हामि तिब्र गतिमा चढ्ने रेल चढीसक्यौ, रास्ट्रिय झन्डा भएको पानि जहाज चढ्यौ, मेलम्चीको पानि त छताछुल्ल देख्यौ । अझै यी नेताहरुलाई अमुल्य मत दिने हो भने स्वर्गलोक नेपाल नै हो भन्नेछन । हामि एक यस्तो देशमा छौ जहा जनतालाई केवल कोरा सपना र आस्वासन दिए पुग्छ । 

तर पनि कत्रा कत्रा बाटाघाटा, पाठशाला, अस्पताल, व्यारेक, पुल, देशभर ७५ वटै जिल्लामा एअरपोर्ट, मठ मन्दिर, अड्डा अदालत, बैंक, संस्थाहरू तथा कलकारखाना आदि ईत्यादी बनेका थिए।
के तपाइहरुलाई अबगत छ ? पंचायत कालमा देश बिकासमा खर्चिने पैसा भन्दा हजारौं गुणा पैसा अहिले चियापानमा खर्चेर सिद्धाएछन्।  महंगी बढ्या हो कि, भुँडी बढ्या हो कि, हामी समृद्धिको चुरोमा कहिले पुग्ने? तत्कालिन समयमा मालपोत, (आयकर र बिक्रीकर) कर, अन्त शुल्क, (हुलाक दण्ड, जरिवाना र बनको रोयल्टी) फुटकर आय हुन्थ्यो। कति नै आम्दानी हुन्थ्यो र? तर पनि कत्रा कत्रा बाटाघाटा, पाठशाला, अस्पताल, व्यारेक, पुल, देशभर ७५ वटै जिल्लामा एअरपोर्ट, मठ मन्दिर, अड्डा अदालत, बैंक, संस्थाहरू तथा कलकारखाना आदि ईत्यादी बनेका थिए। पञ्चायत कालमा बिकास बजेट ७५% र २५% प्रशासनमा खर्च हुन्थ्यो। बिदेशबाट आएको सहयोग यदि खर्च भएन भने बिदेशीले फिर्ता लग्नै पर्ने नियम थियो। 

गरिब जनताले पशुपालन, आधुनिक कृषि गर्न ऋण नपाउने तर नेताहरुले सर्प पाल्न करोडौ बजेट पास हुने देश हाम्रो । अब न्याउरी मुसा पाल्न अर्को नेताले प्रतिष्ठान खोल्ने होला ।  देश चुसेर खानेलाई ७२ करोड, राष्ट्र र जनताको लागि निरन्तर लाग्ने महावीर पुनको आविष्कार संस्थालाई सधै हेला?

अहिले त प्रशासनमा नै ८५% खर्च हुन्छ। किन होला यस्तो भन्दा त सरकारी निकायमा राजनितीक कार्यकर्ता भर्ति केन्द्र बनाएर नै भएको रहेछ। तर बिचरा अग्रपङ्तिमा रहेका सुरक्षाकर्मीलाई दुई महिना भएछ तलब नदिएको अनि बर्तमान सरकारले गफ दिएका सय प्रतिशत सुबिधा तथा भत्ता पाउने त आशा नगरे हुन्छ । विभिन्न नेता र कार्यकर्ताहरुको नाममा प्रतिस्ठान खोलेर देशको ढुकुटी भागबण्डा गरेका छन् । अस्ति मात्र सर्प पाल्न ७५ करोड बजेट पास भयो। जनयुद्धको नाममा दाजुभाई लडाउने यी नरपिचासहरुले अब सर्प पालन गर्लान ? देशको ढुकुटी रित्ताउन पो त जनताको संविधान आएको रहेछ। भेंडो हामि नेपाली जनता त होइनौ ? 

जनताले आफुलाई भेंडा नै सावित गरिराख्ने हो भने चुप लागेर यिनै दलालको तलुवा चाटेर बसे भईगयो। नत्र नेपालको माटो बचाउन एउटा रण संग्रामको लागि जाग्न जरुरी छ। तत्पश्चात साँच्चिकै आफ्नो माटो सुहाउने तथा मौलिक सभ्यता, राष्ट्रिय पहिचान, मुल धर्म-संस्कृति, स्वाधिन राष्ट्र, राष्ट्रियता सहितको सार्वभौम र पुर्ण स्वतन्त्रता सिङ्गो नेपाल बन्नेछ। अन्तत् जनताको शासन पद्धतिको पनि भोग गर्न पाउँला र जनता पनि साँच्चिकै सार्वभौम जनता नै कहलिएर बाचौंला। अब जनता बनौं भेंडा होइन ।

गरिब जनताले पशुपालन, आधुनिक कृषि गर्न ऋण नपाउने तर नेताहरुले सर्प पाल्न करोडौ बजेट पास हुने देश हाम्रो । अब न्याउरी मुसा पाल्न अर्को नेताले प्रतिष्ठान खोल्ने होला ।  देश चुसेर खानेलाई ७२ करोड, राष्ट्र र जनताको लागि निरन्तर लाग्ने महावीर पुनको आविष्कार संस्थालाई सधै हेला? सरकारको हेपाहा प्रवृतिले पनि उनको हिम्मत डग्मागाएको देखिदैन, उनि महान छन्। यदि महाबीर पुनले कुनै लाउकेले जस्तो आफ्नो मेहिनत र सपनामा नेताको नाम जोडिदिएको भए झलनाथले जस्तो ढुकुटीबाट उहिलै पैसाको थुप्रो ओंसारिसक्थे। २ वर्षमा स्विजरल्याण्ड, ५ बर्षमा चीन, मैले जिते सिङ्गापुर बनाईदिन्छु। भारतको जस्तो लोकतन्त्र, अमेरिकाको जस्तो गणतन्त्र र स्विजरल्याण्ड जस्तो संघियता दिन्छौं, युरोप जस्तो बिकास हुन्छ, जापान जस्तो समृद्धि आउँछ, स्क्याण्डिनेभियन देेश जस्तो संविधान बन्नेछ भन्ने  बर्तमान नर पिचासहरुलाइ  सत्ता सुम्पिदिए पछि अब के नै आशा  गर्न सकिन्छ र ?

 जनताले आफुलाई भेंडा नै सावित गरिराख्ने हो भने चुप लागेर यिनै दलालको तलुवा चाटेर बसे भईगयो। नत्र नेपालको माटो बचाउन एउटा रण संग्रामको लागि जाग्न जरुरी छ। तत्पश्चात साँच्चिकै आफ्नो माटो सुहाउने तथा मौलिक सभ्यता, राष्ट्रिय पहिचान, मुल धर्म-संस्कृति, स्वाधिन राष्ट्र, राष्ट्रियता सहितको सार्वभौम र पुर्ण स्वतन्त्रता सिङ्गो नेपाल बन्नेछ। अन्तत् जनताको शासन पद्धतिको पनि भोग गर्न पाउँला र जनता पनि साँच्चिकै सार्वभौम जनता नै कहलिएर बाचौंला। अब जनता बनौं भेंडा होइन ।

अन्तमा बुझ्नुहोस- “भोटर जनतालाई भेंडो बनायो, नजिकैकोलाई अरिङ्गाल भन्यो। स्यालले रजाइँ गर्दै सर्प पाल्न देशको ढुकुटी फोडे। बाँकि ढुकुटी रित्याउन अब व्वाँसो निस्कन्छ,सर्पको आहारा तथा खाजा भ्यागुतो पाल्ने तर्क दिंदै। बचेखुचेको ढुकुटी साफ गर्न सर्पको बिगबिगी बढ्यो भन्दै चील पालन गर्नुपर्छ भन्दै फ्याउरो निस्केको दिन हेर्न नपरोस।” जनतालाई अन्ततः गधा बनाउने नै हो। 
तसर्थ जनता आफै स्वबिबेकी हुन आबश्यक छ नत्र  ‘समुन्द्रको बिचमा आगो लागेको पानिजहाज’ जस्तै निरिह भएर खरानी हुने वा समुन्द्रमा डुबुल्की लगाउने ?
देशको स्वाभिमान, पहिचान र अस्तित्त्वका रक्षक हामी नेपाली जनता नै हौ । 


सोम बिक्रम सिंह
काठमाडौँ 
( साेम विक्रम सिंह ,राष्ट्रिय सराेकार मन्चका अध्यक्ष  एबं कर्मनिस्ठ  अभियन्ता  हुनुहुन्छ ।)