नेपाली क्रिकेट खेलाडीले पाए एक वर्षसम्म रोकिएको तलब


लेखापढी      २५ भाद्र २०७७, बिहीबार १५:४३

नेपाली क्रिकेट खेलाडीले पाए एक वर्षसम्म रोकिएको तलब

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि तलव खान नपाएका नेपाली क्रिकेट खेलाडीलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले एक वर्षको तलब पठाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो ।

क्यानले सन् २०१९ को वर्षभरिको तलब एकैपटक वितरण गरेको हो । अनुबन्धअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन् ।

ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् ।
 

यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी छन् भने ग्रेड ‘सी’ मा इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान रहेका  छन् ।