अलबिदा लेखक तथा निर्देशक ‘छेतेन गुरुङ्ग’ !!!


लेखापढी      २५ भाद्र २०७७, बिहीबार ०५:४२

अलबिदा लेखक तथा निर्देशक ‘छेतेन गुरुङ्ग’ !!!

काठमाडौँ | नेपाली चलचित्र क्षेत्रका एक कुशल युवा लेखक, निर्देशक छेतेन गुरुङ्गको हिजो उपचारको क्रममा काठमान्डौको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा निधन भएको थियो |
४२ बर्षीय गुरुङ्ग अचानक बिरामी भए पछी गत सोमबार अस्पताल भर्ना भएका थिए |

नेपाली चलचित्र “नोभेम्बर रेन” को कथा, पटकथा एबं संबाद गुरुङ्गले नै लेखेका थिए जुन सन २०१४ मा रिलिज भएको थियो । त्यसैगरी उनले सन २०१६ मा चलचित्र “क्लासिक”, सन २०१७ को चलचित्र “डायरी” र सन् २०१८ मा चलचित्र “डमरुको डण्डिबियो”को कथा लेखन तथा निर्देशन गरेका गुरुङले सन् २०१९ को चलचित्र “ए मेरो हजुर” को लेखन कार्य समेत गरेका थिए ।
पछिल्लो पटक उनले लेखेको र निर्देशन गरेको चलचित्र  “प्रेमगीत ३” कोरोनाको कारण रिलिज भएको छैन । साथै हाल उनि अर्को कमेडी चलचित्र “हुतुतु”को लेखना कार्यमा ब्यस्त रहेका थिए ।

आज बौद्ध परम्परा अनुसार उहाको अन्तिम संस्कार गरिने पारिवारिक सुत्रबाट जानकारी गरिएको छ । नेपाली चलचित्र क्षेत्रले एक असल र कुशल लेखक तथा निर्देशक गुमाएको छ ।