अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा गर्दै क्रिस्टियानो रोनाल्डोले रचे किर्तिमानी


लेखापढी      २४ भाद्र २०७७, बुधबार १४:०९

अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा गर्दै क्रिस्टियानो रोनाल्डोले रचे किर्तिमानी

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले स्वीडेनविरुद्ध भएको खेलमा फ्रिकिकमा सिधै गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोलको दुर्लभ आँकडा पार गर्दै  किर्तिमानी राखेका हुन । यससँगै क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी समेत बनेका छन् ।

यूईएफए नेसन्स लिग अन्तर्गत स्वीडेनविरुद्ध जारी खेलमा रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।  रोनाल्डो १०० गोलको कीर्तिमान पार गर्ने युरोपको पहिलो खेलाडी बनेका छन् । 

 विश्वमा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा इरानका अली डेई रहेका छन्। उनले १९९३ देखि २००६ सम्म १०९ गोल गरेका थिए।