उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे, के–के गर्न पाइँदैन ?


लेखापढी      २४ भाद्र २०७७, बुधबार १९:३२

उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे, के–के गर्न पाइँदैन ?

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा ‘करिब अन्त्य’ गरिएको छ । निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको भएपनि बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो । 

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी  साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।

मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन  ।

पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार  मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

दाहालका अनुसार भोलिदेखि सबै खालका पसल खुल्नेछन्, तर बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइने छ।

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसल पनि खुल्नेछन्। तर, सोमबार, बुधबार र शनिबार तीन दिन मात्र समय दिइएको छ। सपिङ मलहरूलाई पनि सोही नियम लागू गरिएको छ। 

यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्ड विपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।

थप विवरण जारि अादेश