कोरोनाबाट मृत्यु भएकाको अंग निकालिल्छ भनेर अफवाह फैलाउने पक्राउ


लेखापढी      २२ भाद्र २०७७, सोमबार २१:०९

कोरोनाबाट मृत्यु भएकाको अंग निकालिल्छ भनेर अफवाह फैलाउने पक्राउ

काठमाडौं । युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  

युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको  हाे । पक्राउ परेकामा अन्तिम विकल्प प्रा.लि.का संचालक ललितपुर महानगरपालिका–१४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय सुबास सुब्बा लिम्बु छन्  । 

लिम्बूले केही समययता विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए । साथै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।