कतै हामि कम्युनिस्ट रहेनौ कि ?


लेखापढी      २२ भाद्र २०७७, सोमबार ०५:३१

कतै हामि कम्युनिस्ट रहेनौ कि ?

सामान्य भाषामा ‘कम्युनिस्ट’ भनेको निजि व्यक्तिगत जीवनका लागि नसोच्ने,समाज र समानताका लागि त्याग गर्ने भन्ने अर्थमा बुझिन्छ । यधपी ‘कम्युनिस्ट’ भन्ने शब्द आजको विश्व समाजमा अन्त्यन्तै बढि मात्रामा छलफल र बहसको बिषय बन्न सफल भएको छ ।  आधुनिक बिश्व समाजको गति संगै हाम्रो देश नेपाल पनि समाज बिकासको नौलो चरणमा प्रवेश गर्दै राजनैतिक रुपमा परिबर्तनको पथमा लम्किरहेको छ ।

बि.स. २०२८ सालको सामन्तबाद बिरुद्दको झापा बिद्रोह वा २०३६ सालको जनमत संग्रह वा २०४६ सालको राजनैतिक आन्दोलन वा २०५२ को जनविद्रोह तथा ६२\६३ को जनआन्दोलन साथै मधेश आन्दोलन भनौ, यो सबै विभिन्न अधिकारमुखी आन्दोलन आफैमा मार्क्सवादी बिचार द्वारा नै अभिप्रेरित भएको तथ्य छ ।

नेपालमा करिब ६ दशक अघि ‘कम्युनिस्ट’ शब्दले प्रवेश पाएको देखिन्छ । विभिन्न मार्क्सवादीहरुले ब्याख्या गरेता पनि मार्क्सवादका रचयिता कार्ल्समार्क्सले विश्वलाई एउतै बन्धनमा बाध्ने, समान खालको उत्पादन प्रणाली र वितरण प्रणालीको बिकास गर्ने, अतिरिता मूल्यका बस्तुहरु घटाउने र बिस्वलाइ नै समानता सहितको समाज बिकासमा प्रयोग गर्ने अबधारणा निर्माण गरे । फलस्वरुप यो सिद्धान्त द्वारा प्रभावित विभिन्न दार्शनिक र देशहरुमा आज कहिँ न कहिँ यो व्यवस्था र यसको अबधारणा माथि ब्यापक बहस भएको पाउछौ । नेपालको सम्बन्धमा पनि यहाँ राजनैतिक इतिहाससंग मार्क्सवादी राजनीतिको लामो सम्बन्ध रही आएको इतिहास प्रसस्त पाइन्छ । तसर्थ क. पुष्पलाल श्रेष्ठको नेपाली राजनीतिमा भएको प्रवेशले यहाको व्यबस्था निर्माणका लागि महत्त्वपुर्ण भूमिका खेलेको देखिन्छ । 

लेनिनले गरेको क्रान्ति "सर्वहाराबर्गको हतियार छैन सत्ताको संघर्षमा उनीहरुको संगठनलाई स्वीकार्नुहोस" (the proletariat group has no weapons in the struggle for power accept their organization.) भनेर गरिनु पनि बिचारको स्तरलाई मापन गर्न सकिन्छ । तसर्थ यी बिबिध सिद्धान्त र अबधारणाको मानब जगतमा उच्चतम बिकास हुनु भनेकै मानिस स्वयंम द्वन्दबादी अर्थात मार्क्सवादी हुनु हो ।

बि.स. २०२८ सालको सामन्तबाद बिरुद्दको झापा बिद्रोह वा २०३६ सालको जनमत संग्रह वा २०४६ सालको राजनैतिक आन्दोलन वा २०५२ को जनविद्रोह तथा ६२\६३ को जनआन्दोलन साथै मधेश आन्दोलन भनौ, यो सबै विभिन्न अधिकारमुखी आन्दोलन आफैमा मार्क्सवादी बिचार द्वारा नै अभिप्रेरित भएको तथ्य छ ।

मार्क्सवादी एउटा त्यस्तो तर्क हो जसले मन भित्र नै द्वन्द सिर्जना गरिदिन्छ । तपाइको बिचारलाई बिभिन्न बर्गमा रुपान्तरण गर्ने साथै के ठिक, के बेठिक भन्ने बिचारको निर्माण गरिदिन्छ । लेनिनले गरेको क्रान्ति “शक्तिका लागि हुने संघर्षमा सर्बहारा सित संगठित हुनु बाहेक अर्को कुनै हतियार छैन” (the proletariat group has no weapons in the struggle for power accept their organization.) भनेर गरिनु पनि बिचारको स्तरलाई मापन गर्न सकिन्छ । तसर्थ यी बिबिध सिद्धान्त र अबधारणाको मानब जगतमा उच्चतम बिकास हुनु भनेकै मानिस स्वयंम द्वन्दबादी अर्थात मार्क्सवादी हुनु हो ।

हिजो हाम्रो घोषणापत्र र बिचारले उत्पादन भएको नागरिक आज हाम्रो राजनैतिक चरित्र र संचालन गरेको व्यवस्था माथि नै प्रश्न गर्ने गरेको हामी विभिन्न लेख-अन्तर्वाता वा सामाजिक संजालमा गरिएको अभिव्यक्ति खुलस्त देख्ने गरेका छौ । वास्तबमा विभिन्न ऐतिहासिक राजनैतिक क्रान्ति र परिबर्तनहरु संगै हाम्रो आचरण र प्रवृति बिकसित भयो वा भएन भन्नु नै महत्त्वपुर्ण रहन्छ ।

नेपालमा आजको समय सम्म कम्युनिस्ट बन्ने वा कम्युनिस्ट पार्टीको बिचारलाई आत्मसाथ गर्नेहरुको भिडलाई नियाल्ने भए समग्रमा दुई तिहाइको सत्ता संचालनका लागि दिएको मत पार्टीको बल प्रयोग वा सिद्धान्तका लागि लाग्ने युवाहरुको भूमिकालाई सहजै नाप्न सकिन्छ । यहा कम्युनिस्टहरुले संसदीय ब्यबस्थाबाट नै राज्य सत्ता कब्जा गर्ने र समाजबादको यात्रा तय गर्ने भन्ने मुल मन्त्र जपे पछाडी यहा को कम्युनिस्ट बन्ने र बनाउने खेलो पनि केहि पार्टीहरु दर्ता र संचालन प्रक्रियाले  देखाउछ । बि. स. २०५२ को बिद्रोह र हाल हामि सत्ता पक्षले प्राप्त गरेको नागरिकको आशा भन्नु भनेकै समाजमा कुनै पनि असमानता नहुनु, रास्ट्रबादी हुनु, यहि राज्यमा राजनैतिक अधिकार सहितको जीवनयापन गर्नुका साथै नागरिकको प्रत्येक इच्छा संग देश र सरकार जोडिनु हो भन्ने थियो । किनकि हामीले नै आम नागरिकलाई कम्युनिस्ट बन्न वा ब्यबस्था त्यहि हो भन्ने सिकाएका थियौ । ०५२ को विद्रोहको चेतना र आजको पुजीबादी समाजको अबस्थाले नेपालीलाइ फेरी अर्को द्वन्दबादमा द्वन्द सिकाउदै छ ।

नेपाली राजनीतिमा आज कोहि पनि सच्चा कम्युनिस्ट रहने परिपाटी देखिदैन । प्रत्येक नेतृत्त्व र सत्ता संचालकहरु ४-६ आना होइन कयौ रोपनीमा आलिशान महल निर्माण गरि बस्ने, सेयर बजार र ठुला- ठुला परियोजनामा करोडौ लगानी गर्ने र विशेषतः  संबिधानमै "सम्पतिको हक" भन्ने मौलिक धारा निर्माणका लागि लडेको देखिन्छ । समानता सहितको समाजको परिकल्पना नभई समृद्धि र समाजबादको यात्रा रोक्नु नै मार्क्सवादी नहुनु हो ।

हाम्रो राजनैतिक चेतनामा आएको परिबर्तन र आजको नेपाली समाजको दलाल पुजीबादी चरित्र बिचमा आम नागरिकहरु फेरी एक पटक कम्युनिस्ट बन्ने प्रयत्न गर्दै आएका छन् । हिजो हाम्रो घोषणापत्र र बिचारले उत्पादन भएको नागरिक आज हाम्रो राजनैतिक चरित्र र संचालन गरेको व्यवस्था माथि नै प्रश्न गर्ने गरेको हामी विभिन्न लेख-अन्तर्वाता वा सामाजिक संजालमा गरिएको अभिव्यक्ति खुलस्त देख्ने गरेका छौ । वास्तबमा विभिन्न ऐतिहासिक राजनैतिक क्रान्ति र परिबर्तनहरु संगै हाम्रो आचरण र प्रवृति बिकसित भयो वा भएन भन्नु नै महत्त्वपुर्ण रहन्छ । मार्क्सवादी बन्नु भनेकै यहि हो । तर यहाँ युवा बिधार्थीहरु नै कम्युनिस्ट बन्नका लागि लिइएको पार्टी सदस्यतालाइ गलत ढंगले प्रयोग गरिएको पाइन्छ । यिनै युवाहरुले नै आज-हिजो प्रयोग भैसकेका नेत्रित्त्वलाई “राजनेता वा महान नेता”को संज्ञा दिदै गरेको प्रसस्त उदाहरण पाउन सकिन्छ ।

नेपाली राजनीतिमा आज कोहि पनि सच्चा कम्युनिस्ट रहने परिपाटी देखिदैन । प्रत्येक नेतृत्त्व र सत्ता संचालकहरु ४-६ आना होइन कयौ रोपनीमा आलिशान महल निर्माण गरि बस्ने, सेयर बजार र ठुला- ठुला परियोजनामा करोडौ लगानी गर्ने र विशेषतः  संबिधानमै “सम्पतिको हक” भन्ने मौलिक धारा निर्माणका लागि लडेको देखिन्छ । समानता सहितको समाजको परिकल्पना नभई समृद्धि र समाजबादको यात्रा रोक्नु नै मार्क्सवादी नहुनु हो । सर्बसाधारण जनताको प्रथम आवश्यता भनेको नै राजनैतिक अधिकारमा सजिलै पहुच हुनु हो । रास्ट्रिय पुजी निर्माणलाई हामीले शासन गर्ने सत्ताले कुनै पनि महत्त्व दिएको पाउदैनौ । निर्णय प्रक्रियामा कानुनि प्राबधानको मात्र ब्यबस्था छ । सरकारका महत्त्वपुर्ण पदमा नियुक्ति समेत केहि नेता द्वारा निर्माण गर्ने परिपाटी बन्दै गएको छ । 
महिला, दलित, मधेशी वा उत्पीडित समुदायको अवस्था माथि पुजीबादी ढंगले बिकास भएको देखिन्छ ।शिक्षा र स्वास्थ्यमा पहुचावाला वा राजनैतिक दलालहरुको चौघेरामा रहेको छ जहाँ सर्बसाधारण जनताको पहुच नै पुग्दैन । बैदेशिक राजनैतिक हस्तक्षेपमा लागि भावना निर्माण मात्र भएको छ तर ब्यबहारत: शुन्य प्रतिफल ।

नेपाली जनताले दिएको अमुल्य मत र बलिदान हाम्रो केहि तप्काको लागि मात्र परिबर्तित शब्द त बन्दैन ? यो नै मुख्य प्रश्न हो । यसर्थ आम युवावर्ग, बिधार्थी, किसान, उत्पीडित समुदायको बिचमा एक पटक बर्तमान नेतृत्त्व र सत्तासिन बर्गले ब्यापक समिक्षा गर्नेपर्ने महत्त्वपुर्ण समयको मध्यबिन्दुमा रहेका छौ- कतै हामि 'कम्युनिस्ट' रहेनौ कि ?

तसर्थ आम नेपाली नागरिकको भावनालाई बुझ्ने हो भने बर्तमान सत्ताले निजि सम्पत्तिलाई किन प्रोत्साहन ?  एकल जातीय ब्यबस्थामा किन अडिग ?  पितृसत्ताको मात्र किन अति चासो र चिन्ता ?  यी बिषय माथि ब्यापक बहस हुन आबश्यक रहेको छ । होइन भने हाम्रा नयाँ युवा पुस्ता नेपाली मार्क्सवादी राजनीतिको वर्तमान चरित्रबाट प्रभावित नहोलान भन्न सकिन्न । 

अन्त्यमा, नेपाली जनताले दिएको अमुल्य मत र बलिदान हाम्रो केहि तप्काको लागि मात्र परिबर्तित शब्द त बन्दैन ? यो नै मुख्य प्रश्न हो । यसर्थ आम युवावर्ग, बिधार्थी, किसान, उत्पीडित समुदायको बिचमा एक पटक बर्तमान नेतृत्त्व र सत्तासिन बर्गले ब्यापक समिक्षा गर्नेपर्ने महत्त्वपुर्ण समयको मध्यबिन्दुमा रहेका छौ- कतै हामि ‘कम्युनिस्ट’ रहेनौ कि ?
त्यसकारण अघि बढ्नुहोस कामरेड सबै मिलि यो बहसको थालनी गरौ ।


राजेश नेपाली 
काठमाडौँ
(लेखक अनेरास्ववियु  केन्द्रिय सदस्य एबं युवा राजनीतिज्ञ हुनुहुन्छ)