जग्गाकाे कित्ताकाट तीन वर्षपछि फुकुवा


लेखापढी      २२ भाद्र २०७७, सोमबार २१:४०

जग्गाकाे कित्ताकाट तीन वर्षपछि फुकुवा

काठमाडौँ —तीन वर्षपछि जग्गाकाे कित्ताकाट फुकुवा भएकाे छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रीस्तरीय निर्णय गरेर कित्ताकाट फुकुवा गरेकी हुन् । 

यो निर्णयसँगै जग्गा बेचबिखनमा सहजता भएको छ। तत्कालिन मन्त्री गोपाल दहितले २०७४ मा कित्ताकाट रोकेका थिए। दहितले जमिनको खण्डिकरण रोक्ने र कृषि उत्पादन बढाउने भन्दै कित्ताकाटमा रोक लगाएका थिए ।

कित्ताकाट फुकुवाले जमिनको प्लटिङ र घडेरीको बेचबिखनमा सहज भएको छ ।