जुर्‍यो साइत रातो मत्स्येन्द्रनाथ रथ यात्राको


लेखापढी      २२ भाद्र २०७७, सोमबार १४:५४

जुर्‍यो साइत रातो मत्स्येन्द्रनाथ रथ यात्राको

रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ।

सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरूबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो।

ज्योतिष किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताउनुभयो ।

यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकने तथा मूर्तिलाई बुङमती पुर्याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।