झडपसँगै रोकिएको रातो मत्स्येन्द्रनाथको रथ आज तानिने


लेखापढी      २१ भाद्र २०७७, आईतवार १३:०८

झडपसँगै रोकिएको रातो मत्स्येन्द्रनाथको रथ आज तानिने

काठमाडौँ । झडपसँगै रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य आज हुने भएको छ । आज दिउँसो ४ बजे पुल्चोकबाट करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।

रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ। यस वर्ष कोरोनाका कारण रथयाता प्रभावित भएको छ।

रथ हाल रहेको स्थान पुल्चोकबाट अलि पर सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार रथ यात्रामा गा:बहाल, सुन्धारा, लगनखेल र जावलाखेलका पालो खलकबाट एउटा/एउटा धिमे बाजा र समिति जनशक्ति बसेर यात्रा गरिनेछ ।

यसैगरी सोमबार ‘भूज्या:’ भनी पाटनबासीले एक प्रकारको पर्व मनाउँछन् । र सोही दिन मत्स्येन्द्रनाथ बुङमती पुर्‍याउने साइत हेरिन्छ । सम्भवत साइत २६ गते रहनसक्ने ज्यापु समाजका अध्यक्ष महर्जनले बताए । साइत जुरेमा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा बोकेर पुजारीहरुले बुङमती पुर्‍याउनेछन् ।

यस वर्ष नरिवल खसाल्ने र भोटो भने नदेखाइने भएको छ । रथ यात्रा गर्न शनिबार मत्स्येन्द्रनाथका पुजारी, बाराही, यँवाल गुठीयार, धकुले छुट्टाछुट्टै रुपमा क्षमापूजा गरेका थिए । रथमा बाराहीहरुले काठ, यँवालहरुले बेत र धकुले ब्रेक लगाउने गर्छन् ।