दसैंसम्म उपत्यकामा निषेधाज्ञा कायम राख्न ललितपुरका प्रजिअको सुझाव


लेखापढी      २१ भाद्र २०७७, आईतवार १९:१३

दसैंसम्म उपत्यकामा निषेधाज्ञा कायम राख्न ललितपुरका प्रजिअको सुझाव

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रमुख अधिकारीरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरूको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन्।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए। उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए।

दसैंमा केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दसैसम्म राख्नुपर्ने बताउँदै चाडबाडमा मानिसको आवतजावत धेरै हुने भएकाले संक्रमण थप बढ्ने भएकाले त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्ने बताए ।