काेराेना संक्रमित हुने भन्दा निकाे हुने बढीः ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज


लेखापढी      २१ भाद्र २०७७, आईतवार १६:५४

काेराेना संक्रमित हुने भन्दा निकाे हुने बढीः ९८० जनामा कोरोना संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।