उनको यादमा (कविता) 


लेखापढी      २० भाद्र २०७७, शनिबार १२:१३

  उनको यादमा (कविता) 
याद आउँछ सधैँ उनको 
तेज हुन्छ कम्पन मनको
मन गर्छ भेटुँ उनलाई
छन बाधा धेरै मनलाई
 
छट्पटिन्छु उनको यादमा 
पोखिन्छ आँसु सधैँ काँधमा
याद आउँदा बितेको बेला 
भरिएर आउँछ मेरा परेला
 
कस्तो छ यो मनको सम्बन्ध
जस्तो मौरी र फूलको सुगन्ध
मनको पिडा लेखु त लेखु कसरी
आफ्नो वेदना साटु कोसंग कसरी
 
याद आउँछ संगै बिताएको पल
थाहा लागेन यो कुन गल्तिको हो फल
अब यादमा नै बित्छ मेरो पल-पल
जसरी खोलामा पानी बग्छ कल-कल


रबिन्द्र प्रसाद साह
कलैया उपमहानगरपालिका-६ (पर्सा टोल) , बारा 

तपाईहरूका सिर्जना, अनुभव र विचार हामीलाई  पठाउने ठेगाना lekhapadhee@gmail.com