कोरोनाको खोप ‘स्पुतनिक-५’ परिक्षण सफल- रसिया


लेखापढी      २० भाद्र २०७७, शनिबार १५:१४

कोरोनाको खोप ‘स्पुतनिक-५’ परिक्षण सफल- रसिया

एजेन्सी। एक चर्चित मेडिकल जर्नल ‘द लानसेट’का अनुसार शुक्रबार रसियाले निर्माण गरेको कोभिड-१९ खोप (स्पुतनिक-५) ले गरिएको परिक्षण सफल रहेको जनाएको छ । 
दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको ‘द लानसेट’ मा उल्लेख गरेको छ।यसै वर्षको जुन-जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो।

रसियाले अगस्टमा भाइरस विरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो। यो खोप दुई मात्राको रहेको छ।  पछिल्लो हप्ता रसियाले करिब ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण सुरू गरिसकेको छ।

रसिया कोरोना विरूद्धको खोप तयार भएर आमप्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो।

‘४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीहरूमा एन्टीबडी बनाएको पाइयो’, लानसेन्टले भनेको छ।

कोभिड-१९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानीको आवश्यक छ’, जर्नलमा अगाडि भनिएको छ।

खोपको ‘स्पुतनिक-५’ नाम तात्कालिन सोभियत युनियनले प्रक्षेपण गरेको विश्वको पहिलो अन्तरीक्ष सेटेलाइटलाई समर्पित गर्दै दिइएको हो।

केही पश्चिमा विज्ञहरूले भने अन्तर्राष्ट्रियरूपमा खोपको प्रमाणिक परीक्षण र नियमन कदम चालेपछिमात्र प्रयोग गर्नुपर्नेमा सचेत गराएका छन्।