हाइकु – सेन्यु


लेखापढी      २० भाद्र २०७७, शनिबार ११:२२

हाइकु – सेन्यु

हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । याे  कविता लेखनको एउटा शैली हो । हाइकू कविताभित्र विम्बको प्रतिविम्ब हुन्छ । हाइकू रचना जम्मा ३ हरफमा सत्र अक्षरीय (५–७–५) शास्त्रीय संरचनामा बाँधिएर प्राकृतिक किगोको बिम्बात्मक प्रयोगद्वारा लेखिने सूक्ष्म अभिव्यक्तिको माध्यम हाइकु हो ।  विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन्  ।-लेखापढी म्यागजिन 
 
          १
आश अधुरो

कल्पनाको लोकमा
टोलाए आँखा

                 २

अश्रुपुरित
आँखाका कुलाबाट
सहस्र बगे

          ३

मन्द रोसनी
अधुरो मुस्कानले
अतृप्त आत्मा

          ४

मौनता रहे
अनगिन्ति उत्तर
प्रश्नहरूमा

         ५

प्रेमको कथा
बिछोडको यातना
गाथा अधुरो

          ६

अमिट छायाँ
सपना बनिदियो
सूर्य अस्तमा

         ७

त्रासद स्वप्न
झल्याँस्स बनाउछ
मध्यरातमा

          ८

अकलुषित
शिष्टता स्वच्छन्दत
लिलाम भयो
    


मनिश कुमार शर्मा ‘समित’
काठमाडौँ