हाम्रा धर्म संस्कृतिः साँझा सम्पत्ति


लेखापढी      २० भाद्र २०७७, शनिबार ०९:४८

हाम्रा धर्म संस्कृतिः साँझा सम्पत्ति

 

सर्बप्रथम नेपालीले मुलतः मौलिक धर्म-संस्कृति र आफ्नै मूल नीतिमा नहिंडेसम्म सरकारको मात्रै बिरोध गर्नुमा केही तुक देखिदैन । जनताले लम्पसारवादीहरूलाई शासन पद्धति नै बिदेशीको हैकममा चल्ने किसिमको दिए पछि सरकारले जनताको कुरा सुनेन भनेर चिच्याउनुमा केही दम छ ?

हाम्रो मौलिक सभ्यता, राष्ट्रिय पहिचान तथा उत्कृष्ट धर्म-संस्कृति छोडेर बिदेशी शासन पद्वति उत्कृष्ट हुन्छ भनी दलाललाई सर्वेसर्वा बनाए पछिको नतिजा यस्तै हुन्छ कि ?

एउटा राष्ट्रवादी तथा देशभक्त नेवार मरिचमान सिंह जस्ता बाघलाई हटाएर बिदेशीको कठपुतली स्याललाई राज्य सुम्पिनको निम्ति बि.सं. २०४६ सालमा "नेवा जाग्यो" भनेर उपत्यकाको सम्पत्ति तहस नहस गर्दै कालिमाटीमा निर्दोष प्रहरीलाई लछारपटार गर्दै कुटि कुटि मारेको नतिजा त कतै होइन ? एउटा नेवार प्रमलाई हटाउन अर्को नेवार गणेशमान सिंहको घरमा बिदेशी पाहुना (भारतीय) बोलाएर नेपालको अस्तित्व तहस नहस गर्ने शंखघोष गर्न लगायो।

नेवा समुदायको मात्रै उपत्यका हो भन्नेहरूले इतिहास पल्टाएर हेर्नुहोस- एउटा राष्ट्रवादी तथा देशभक्त नेवार मरिचमान सिंह जस्ता बाघलाई हटाएर बिदेशीको कठपुतली स्याललाई राज्य सुम्पिनको निम्ति बि.सं. २०४६ सालमा “नेवा जाग्यो” भनेर उपत्यकाको सम्पत्ति तहस नहस गर्दै कालिमाटीमा निर्दोष प्रहरीलाई लछारपटार गर्दै कुटि कुटि मारेको नतिजा त कतै होइन ? जसमा एक होनहार शेर्पा ईन्सपेक्टर साहेबको नेतृत्वमा गएका सिपाही, हवल्दार सहित स्वयम् ईन्सपेक्टर साहेबको क्रुर तरिकाले हत्या गरिएको थियो। जहाँ एउटा नेवार प्रमलाई हटाउन अर्को नेवार गणेशमान सिंहको घरमा बिदेशी पाहुना (भारतीय) बोलाएर नेपालको अस्तित्व तहस नहस गर्ने शंखघोष गर्न लगायो। आफ्नै धर्म संस्कृति, राज्य संचालन नीति, मौलिक सभ्यता, उत्कृष्ट संविधान नचिनेर तथा नबुझेर सबै आयातित राज्य संचालन व्यबस्था ल्याउनमा देशलाई नै जुवामा राख्ने काम भयो आज त्यसकै परिणाम भुगत्दै छौं ।

जात्रालाई किन नेवारिकरण मात्रै गरिन्छ नेपालीकरण गर्नलाई लोभ गरिन्छ र छुच्चो बनिन्छ। संकुचित भावनाले भन्दा पनि यदि धर्म, संस्कृति, जात्रा र पर्वलाई बचाउन छ भने यसलाई साझा सम्पत्ति बनाउन अत्यावश्यक छ ।

सभ्यता संस्कार र संस्कृति सम्पुर्ण नेपालीको साझा सम्पत्ति हो भन्ने किन बुझ्दैनौं ? जात्रालाई किन नेवारिकरण मात्रै गरिन्छ नेपालीकरण गर्नलाई लोभ गरिन्छ र छुच्चो बनिन्छ। संकुचित भावनाले भन्दा पनि यदि धर्म, संस्कृति, जात्रा र पर्वलाई बचाउन छ भने यसलाई साझा सम्पत्ति बनाउन अत्यावश्यक छ । अब नेवार मात्रै होइन सम्पुर्ण नेपाली जाग्न जरूरी छ। गुठी आन्दोलन पनि केही तथाकथित नेवा नेतृत्व भनाउँदाले नेवा एक हौं भन्ने नारा दिई गुठी नेवाको मात्रै हो भन्ने संकुचित भावना राखे तर गुठी संस्थानमा हेर्ने हो भने गुठीको लागि जग्गा, धन सम्पत्ति अरू समुदायले पनि छुट्टाईएको देखियो । जसमा राणा, शाह, बस्न्यात, पांडे, खड्का आदिहरूले जिन्सी, जग्गा आदि पितृ र कुलदेवको नाममा छुट्टाईएको देखियो ।

यदि जात्रा र पर्वलाई संकिर्ण भावना राखि संकुचित बनाएर खुम्चाउने प्रयास गरिन्छ तबसम्म हाम्रो भाषा, भेषभुषा, धर्म संस्कृतिको उत्थान र रक्षा कसरी होला र ?
उपत्यकामा नेवाले मात्रै राज्य गरेको हो भन्ने भान हुनु इतिहास प्रति अनादार गर्नु हो। यो पवित्र भुमिमा मिथीला, किराँत बंश, गोपाल बंश, (सेन बंश र सिन्ध राज्यको आँशिक राज्यको रूपमा पनि रहेको देखिन्छ) मल्ल र अन्तत: शाह बंशले एकीकरण मार्फत राज्य गरेका हुन् ।
तान्त्रिक प्रथा अनुरूप मच्छिन्द्रनाथ राष्ट्रगुरू गुरु गोरखनाथका पनि गुरु हुन् भने मच्छिन्द्रनाथका गुरु पशुपतिनाथ जी हुन् र पशुपतिनाथ जी का गुरू आदिनाथ जसलाई परब्रम्ह तत्व भनेर पुकारिन्छ। तसर्थ मत्स्येन्द्रनाथ हामी सम्पुर्ण वैदिक सनातनीहरूको साझा सम्पत्ति हो।
​शाह बंशले राज्य गर्नासाथ नेवाहरूको चलन चल्तीका र प्रथाका सम्पुर्ण संस्कार र जात्रा पर्वलाई अँगिकार गरि यथावत राखिएको देखिन्छ। तसर्थ हामीले उपत्यकामा भएको सम्पुर्ण जात्रा पर्वहरूको सुचारू गर्दै यसका संरक्षण गर्न अत्याबश्यक छ। जस अनुरूप हामीले यी तथ्य पनि बुझ्न जरूरी छ। तान्त्रिक प्रथा अनुरूप मच्छिन्द्रनाथ राष्ट्रगुरू गुरु गोरखनाथका पनि गुरु हुन् भने मच्छिन्द्रनाथका गुरु पशुपतिनाथ जी हुन् र पशुपतिनाथ जी का गुरू आदिनाथ जसलाई परब्रम्ह तत्व भनेर पुकारिन्छ। तसर्थ मत्स्येन्द्रनाथ हामी सम्पुर्ण वैदिक सनातनीहरूको साझा सम्पत्ति हो । हाम्रो सम्पदा यस जात्राको सुचारू रूपले अगाडि बढाउनको लागि कसैलाई गाली गलौज गर्नु भन्दा पनि अहिलेको कोरोनाको कोहरले तहल्का मचाई जन जीवन तहसनहस गरेको बेलामा सचेत नागरिकको हैसियतले सम्पुर्ण असल नागरिकले हातेमालो गर्दै व्यबस्थित गरेर यथावत निरन्तरता दिनु अत्यन्तै जरूरी छ।

हामी तन्त्र, यन्त्र, मन्त्रमा बिश्वास गर्ने वैदिक सनातन भएको हुनाले तान्त्रिक रूपले चलिएको यस रथ यात्रालाई बीचमा रोकेर राख्नु भन्दा यसलाई रोगबाट बचेर, सिमीत व्यक्तिहरूको सहयोग लिई मच्छिन्द्र नाथको यात्रा परिक्रमालाई पुर्णता दिनु अत्यन्तै जरूरी छ ।

मच्छिन्द्र नाथको रथलाई बीच बाटोमा लगेर राख्नु पनि एउटा देशको लागि अनिष्ट हुने न‌ै देखिन्छ। हामी तन्त्र, यन्त्र, मन्त्रमा विश्वास गर्ने वैदिक सनातन भएको हुनाले तान्त्रिक रूपले चलिएको यस रथ यात्रालाई बीचमा रोकेर राख्नु भन्दा यसलाई रोगबाट बचेर, सिमीत व्यक्तिहरूको सहयोग लिई मच्छिन्द्र नाथको यात्रा परिक्रमालाई पुर्णता दिनु अत्यन्तै जरूरी छ । रथयात्रा गर्दा ज्योतिष विज्ञका समूह बसेर पात्रो अनुरूप शुभ मुहुर्त अर्थात शुभ साईत निकालेर मच्छिन्द्रनाथसँग गाँसिएका सम्पुर्ण खल:लाई जानकारी दिई उनीहरूलाई समाबेस गरेर पुर्णता गरे मात्र यस महत्त्वपूर्ण र महिमा बोकेको जात्राले सार्थकता लिन्छ भन्न सकिन्छ । तसर्थ नेवा मात्रै होइन सम्पुर्ण नेपाली जाग्न अत्यावश्यक छ।

रथयात्रा गर्दा ज्योतिष विज्ञका समूह बसेर पात्रो अनुरूप शुभ मुहुर्त अर्थात शुभ साईत निकालेर मच्छिन्द्रनाथसँग गाँसिएका सम्पुर्ण खल:लाई जानकारी दिई उनीहरूलाई सममवेश गरेर पुर्णता गरे नै यस महत्त्वपूर्ण र महिमा बोकेको जात्राले सार्थकता लिन्छ भन्न सकिन्छ।

रातो मच्छिन्द्रनाथको रथ यात्राका क्रममा घटित घटनाका घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना साथै निर्दोष सुरक्षाकर्मी माथि भएको अमानबिय कुटपिटको भर्सना गर्दै अभियन्ताहरूलाई सरकारले तुरून्त छोड्न आव्हान समेत गर्न चाहन्छौं। 

जय संस्कृति ! जय वैदिक सनातन !


साेम बिक्रम सिंह
काठमाडाैं (सिंह, रास्ट्रिय सरोकार मंच नेपालका केन्द्रिय अध्यक्ष तथा कर्मनिस्ठ अभियन्ता हुनुहुन्छ ।)