बिर्सती मेला: बझाङ जिल्लाकै ऐतिहासिक धार्मिक तथा सास्कृतिक महत्त्वको पर्व


लेखापढी      २० भाद्र २०७७, शनिबार १६:५५

बिर्सती मेला: बझाङ जिल्लाकै ऐतिहासिक धार्मिक तथा सास्कृतिक महत्त्वको पर्व
बझाङ जिल्लाको महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक मेलाका रूपमा चैतली मेला भन्दा पश्चात् चर्चित मेलालाई लिईन्छ “बिर्सती मेला” । 
 
नेपाल एक बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक र बहुधार्मिक मूलुक हाे । नेपाल सांस्कृतिक रूपमा धनि राष्ट्र हाे । नेपालमा १२५ जातजाति र १२३ वटा भाषाहरू रहेका छन् त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । हरेक जातजातिकाे आफ्नाे आफ्नाे संस्कृति रहेकाे पाइन्छ जसकारण नेपाल सांस्कृतिक विविधताले भरपुर्ण देश हाे । नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो । यीनै सांस्कृतिक विरासत मध्येकाे नेपालकाे सुदूरपश्चिम प्रदेशकाे बझांग जिल्लामा प्रचलित “बिर्सती मेला”मेला सम्पूर्ण नेपालकाे परिचायक संस्कृति हाे । 
 
समृद्ध नेपालकाे सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो । यीनै सांस्कृतिक विरासत मध्येकाे नेपालकाे सुदूरपश्चिम प्रदेशकाे बझांग जिल्लामा प्रचलित “बिर्सती मेला”मेला सम्पूर्ण नेपालकाे परिचायक संस्कृति हाे ।
 
बिर्सती मेला” एक परिचय
 
बझाङ जिल्ला विशेष गरि थली नौबिस क्षेत्र भनेर चिनिले साबिकको लेकगाउ गा.बि. स. र सैनपसेला गा. बि.स. हाल छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको बिचमा पर्ने थली जिउला र बिसौना बजारमा अनि सङै जोडिएका अत्यन्तै रमणीय प्राकृतिक छटाले भरिपुर्ण जहाँ सुन्दर चिटिक्क आकर्षक घना बस्तिहरुको माझमा जहाँ झट्ट हेर्दा मनै लोभ्याउने यहाँ पुज्यवान कुले देवताका नामबाट नामाङ्कन गरिएका बिद्यालयहरु  श्री बाठपाली माध्यमिक बिद्यालय र दुर्गा माध्यमिक बिद्यालयको प्राङ्गणमा सुदुर पश्चिमकै सु-प्रसिद्ध ऐतिहासिक बिर्सती मेला लाग्ने गर्दछ ।
 
 
हरेक बर्षको भाद्र महिनाको १८ गते साँझ याे मेला लाग्ने गर्दछ । छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ६ मा पर्ने लेकगाउको दैपाणमा साझ विशेष गरि लेकगाउ, नुवाघर, ल्वाडा, पुजारी गाउँ, बगाडा, दौला, सैन, ठाटा, पुनगाउ, परिवाली, उर्जनी, जुकेपानी, भलाने, जाफ्री, तल्यान, बाझकाडा, बिर्खु, बाईकाट्या,जुजी, घट्टे, मजखोरी, नौरा, खोरी, बुडखोरी, भैसीवडार, सेरा, बुडखोरी, आदि मुख्य आलिपालीले साँझपख चाभाई खेलबाठपला देवताका फाग गाएर भारी खेल, ढुस्का, डेउडा गीत लगायत दुर्गा माताको मन पर्ने ढाका ( डमरू प्रकारकाे एक बाजा जसलाई स्थानीय भाषामा ढाका भनिन्छ) बजाएर दुर्गा माताका स्तुति गाएर  रमाइलोका साथ रातभर जागरम बसि भजन कृतन गर्दै  पुजा आराधना गरेपछि  बिर्सती मेला प्रारम्भ हुन्छ । यस मेला हेर्न बझाङ जिल्ला भरी लगाएत सुदूर पश्चिम प्रदेशका ९ वटै जिल्लाहरुबाट हजारौं दर्शननार्थी भक्तजनहरु १६ वटा बहिनी मध्य दुर्गा माताको दर्शन गर्न थली नौबिसमा पुग्ने गर्दछन ।
 
चाभाई खेलबाठपला देवताका फाग गाएर भारी खेल, ढुस्का, डेउडा गीत लगायत दुर्गा माताको मन पर्ने ढाका ( डमरू प्रकारकाे एक बाजा जसलाई स्थानीय भाषामा ढाका भनिन्छ) बजाएर दुर्गा माताका स्तुति गाएर  रमाइलोका साथ रातभर जागरम बसि भजन कृतन गर्दै  पुजा आराधना गरेपछि  बिर्सती मेला प्रारम्भ हुन्छ ।
प्रत्येक वर्षकाे भाद्र १८ गते लेकगाउँको दैपाडमा पूजा आराधना सुरु गरेपछि प्रारम्भ हुने बिर्सती मेला बझाङ जिल्लाको धार्मिक महत्वको पर्व हो । निराहर ( पानी नखाइ) फलहर ( फलफूल समेत नखाइ ) उबासुको दिन व्रत बस्ने प्रचलन   छ । दिनभर बाठपाला देवता (गणेश देवता ) को पुजा आराधना गरेर मनाउने गरिन्छ । बेलुकीपख चाभाइ खेल र बाठपाला देबताका फाग गाएर भारीखेल लगाएर रमाइलोका साथ रातभर भजन कृतन गर्दै मनाउने गर्छन् ।
 
कसरी रह्यो मेलाको नाम बिर्सती ?
 
थली नौबिस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांकृर्तिक महत्वको पर्व बिर्सती मेला सुदूरपश्चिमकै चर्चित मेला हो । यसलाई बिर्सती जात, बिर्सतीका मेला ,थलिको जात (पर्व) आदि नामले पनि चिनिन्छ । भदौ १८ र १९ गते पूजा आराधनाका लागि सम्पूर्ण तयारी पूरा गरी २० गतेबाट पूजा तथा मेला भव्य रूपले शुरू हुने गर्दछ । भदौ २० गतेबाट मेला लाग्ने भएकाले यस मेलाको नाम बिर्सती भन्न थालिएको पुर्खाको भनाइ छ ।
 
बिर्सती मेलाको ऐतिहासिक कथन :-
 
प्राचिन कथा / किंवदन्ती :-
    परापूर्वकालमा १६ बहिनी मध्ये दुर्गा र सुर्मा माता वन विहारमा रहेको बेला घुम्दै मालबाट बझाङको बड्डीज्यावन हुँद हालको दुर्गाथली गाउँपालीकाको  नौबिसको सैन गाउँमा आएको र त्यहाँको रोकाया गाउँकी एक गरिब रोकाया जातकी महिलालाई दुर्गा र सुर्मा माताले आफ्नो फरक साधारण गरि  मान्छेको रुपमा खाना खुवाउन अनुरोध गरेको धार्मिक  किंवदन्ती रहेको छ ।
 
दुर्गा र सुर्मा माताले सैन रोकाया गाउँकी महिला सङ्ग खान र बाँस बस्नको लागि ठाउँ छ कि हजुर भनेर अनुरोध गर्दा सैनगाउकी ती महिलाले यस्तो प्रती उतर दिएछन । “हजुर म आफू अत्यन्तै गरिब, नि- सन्तान र तपाईंहरुलाई आतिथ्य सत्कार गर्न मेरो घरमा केही छैन बरु  बाँस बस्न त  दिन्छु  तर हजुरहरुलाई खानको लागि मेरो घरमा  केही छैन  हजुर !” भनेर दुर्गा र सुर्मा  मातालाई १० औंला जोडी  बिन्ती गरेको र दुर्गा र सुर्मा दुबै बहिनीहरुले उनको मीठो  बोली वचन सुनी उनको घरको भित्री  भण्डारमा विभिन्न अन्न वाली लगायत गोठमा भएको थारो गाईलाई समेत दुहुनो बनाइ दिएको र आफू नि- सन्तान भएकी महिला गर्भवती भएकी कथा बिर्सती  मेला (जात्रा) सँग जोडिएको छ ।
 
आफ्नो घरमा यस्तो अचम्म देखेर रोकाया महिलाले खुसिले आफ्नो चुलो चौको पोतेर (लिपी घसी) सफा गरेर आफ्नो घर भित्रमा स्वागत गरेछन । घर भित्र प्रवेश गरेपछि दुर्गा र सुर्मा  माताले रोकायाकी महिलालाई एक अनुरोध गरेका रहेछन । हामी अहिले टाढाबाट हिंड्दै आएर भोकाएका छौ हामी खाना आफै बनाएर खान्छौ त्यतिबेलासम्म तपाईंले बाहिरै बसिदिनु होला भनेर आग्रह गरेछन।
 
त्यसपछि रोकाया महिलालाई खाना बनाएर खाई नसक्दा सम्म आफूहरूले खाएको नहेर्नु भनेका पनि  थिए । तर, ती  महिलाले बाहिर बाट चियो गरि लुकेर सुर्मा र दुर्गा दुबै बहिनीले खाना खाएको हेरेको र त्यो कुरा देबीहरुले थाहा पाएपछि दुर्गा र सुर्मा माता दुईटै बहिनी खाना नखाईकन  त्यहाँबाट प्राकृतिक छटाले भरिपुर्ण पावन देब भुमि हालको थली जिउला मोठ मन्दिर पाङ्गरको रुख भएको ठाँउमा  हिँडेको कथाबाट बुझ्न सकिन्छ ।
 
दुर्गा र सुर्मा देबी माता त्यहीँबाट  भागेपछि ती रोकायकी वृद्ध महिलाले च्व, च्व, चा चा !  (पछुतो व्यक्त गर्ने शब्द) भन्दै उनीहरूको पछि दौडिएको कथा छ । त्यसैले अहिले त्यसैको सम्झनामा सैन गाउँबाट तामाको ताउलिमा खिर पकाई सफा सेतो कपडाले छोपेर चा चा चा भन्दै अथवा अहिले चा, चा को अपभ्रङ्स हुँदै हाल  चह, चह, चह ! भन्ने र खिरको ताउली बोकी त्यहाँका सबै गाउँ  बासीहरु लामबद्ध भएर  बिर्सती मेलाको दिन थली जिउलामा ल्याउने चलन अहिलेसम्म  रहि आएको छ ।
 
मेलामा के गरिन्छ ?
 
मेलाकाे पहिलाे साँभ अर्थात भाद्र १८ गते बेलुका देबताका फागहरु गाएर देवता कै स्तुति गाएर सबैजना एकै मन्दिर भित्र बसेर देवता चलाउने र सम्पूर्ण गाउँ कै भविष्यवाणी गर्ने गरिन्छ । यतिमात्र नभइ सम्पुर्ण आलिपाली र देश तत्कालीन राज्य कै भबिष्यवाणी गर्ने गरिन्छ । देवताका फागहरू गाउँदा र देवतासँग साक्षात्कारका लागि ढाका बजाउने प्रचलन छ ।
आलम बैसेक चढाउने, नेजा (राताे, सेताे, पहेलाे, कालाे कपडा) चढाउने, कैल चढाउने, घोडा चढाउने, त्रिसुल चढाउने, ढाका चढाउने, द्रब्य लगायत देवता र मन्दिरमा चढाउने गर्दछ्न ।
मेलामा ढाका बजाउँदै
दोस्रो दिन भाद्र १९ गते सम्पूर्ण दुबै गाउँपालिकाका साथै अन्य क्षेत्रबाट आएका भक्तजनहरु फेरि पनि व्रत बसेरै लेकगाउँ कै दैपाड मन्दिरमा पूजा आराधाना गर्ने प्रचलन छ । आलम बैसेक चढाउने, नेजा (राताे, सेताे, पहेलाे, कालाे कपडा) चढाउने, कैल चढाउने, घोडा चढाउने, त्रिसुल चढाउने, ढाका चढाउने, द्रब्य लगायत देवता र मन्दिरमा चढाउने गर्दछ्न ।
 
देवता चलाउने र सम्पूर्ण गाउँ कै भविष्यवाणी गर्ने गरिन्छ । यतिमात्र नभइ सम्पुर्ण आलिपाली र देश तत्कालीन राज्य कै भबिष्यवाणी गर्ने गरिन्छ ।
 
मेलाकाे तेश्राे दिन अर्थात भाद्र २० गते बाठपाला मन्दिर दैपाडबाट बाल्यचौर हुँदै महालिङग देबताको मन्दिर च्यागोटसम्म ढाका बाजा बजाउदै चह-चह लगाउदै नांगाे खुट्टा पैदल यात्रा गर्ने प्रचलन छ । दुबै गाउँपालिकाका यात्री महानुभावहरु बर्तालु भक्तजन सबै जना च्याकोट पुगिसकेपछि च्याकोटमा पनि महादेवका फागहरु गाउँदै, ढाका बजाउने प्रतिस्पर्धा गर्दै फलफूलहरु बाडेर खाने प्रचलन छ । यसरी भारिखेलको रमाइलो सङ्गै फेरि सबै भक्तजनको घुइँचो नै दैपाड मन्दिर फर्कने र बेलुकी पख दुर्गाथलीको मालिकमान्डु मन्दिरमा जाने र त्यहाँ झनै दुबै गाउँपालिका कै मान्छेहरु जम्मा हुने र भारी खेल खेल्ने, चाभाइ खेल खेल्ने साथै बीच बीचमा  रमाइलोका लागि ढुस्काहरु खेल्ने र रमाइलो गर्ने प्रचलन छ । यसरी १९ गते बेलुकी भजन कृतन गरेर सैनको मालिक्मान्डुमा पुजाआजा गरिसकेपछि तेश्राे दिनको पूजा पनि सकिन्छ ।
 
चाभाई खेल २० गते थली दुर्गा मन्दिरमा पुजा गरेपछि बिसौना चौर सम्म सम्पुर्ण आलिपाली सहभागी भएर खेल्छन । थली मन्दिर वाट बिसौना चौर पुग्न करिब १ घन्टा लाङछ ।
 
यसरी २१ गते बिहान राङ्गा जुधाउने प्रचलन छ, बझाङको राङ्गा जुधाउने प्रचलन कै सिको गरेर हाल नुवाकोटको गोरु जुधाइ मेला पनि बझाङि राजा जयपृथ्वीबहादुर सिंहको पाला देखि चलिरहेको भन्ने किबद्न्ती पनि पाइन्छ ।
बझाङको राङ्गा जुधाउने प्रचलन कै सिको गरेर हाल नुवाकोटको गोरु जुधाइ मेला पनि बझाङि राजा जयपृथ्वीबहादुर सिंहको पाला देखि चलिरहेको भन्ने किबद्न्ती पनि पाइन्छ ।
यसरी राङ्गा जुधाइ सकिएसँगै बिर्सतीमेला पनि सकिने गरिन्छ । 
 
अन्य के के गरिन्छ मेलामा ।
 
मानव सभ्यताको इतिहासकै ब्याख्या गरिएको बिर्सती मेला सुदूरपश्चिको मानवीय संस्कृतिको पर्वका रुपमा मनाउने प्रचलन छ । दुर्गाथली गाउँपालिका र छबिस पाथीभेरा गाउँपालि बीचको थली नौबिसमा लाग्ने बझाङको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाको प्रभावकारिता बढ्न थालेको छ ।
Photo by Basant Chalaune Facebook – मेलामा हुने प्रतियोगिता
दुवै गाउँपालिकाको आस्था र विश्वासका रुपमा रहेको बिर्सती मेलालाई प्रभावकारीरुपमा मनाउन यस क्षेत्रका बसिन्दाहरुले मेलामा भलिबल खेलको आयोजना, सांस्कृतिक कार्यक्रम, देउडा प्रतियोगिता, पूजा आराधनालगायत विभिन्न मनोरञ्जनात्मक र धार्मिक गतिविधि बढाएपछि बिर्सती मेलाको अहिले चहलपहल बढ्दै गएको हो ।
दुर्गाथली गाउँपालिका र छबिस पाथीभेरा गाउँपालि बीचको थली नौबिसमा लाग्ने बझाङको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाको प्रभावकारिता बढ्न थालेको छ ।
 
 
बिर्सती मेलाका पुजाआजा र खेल
 
बिहानै देखी पूजाआजा गरेर थलिदुर्गाको मन्दिर मठबाट नै महिलाहरुले चाभाइ खेल लगाएर बिसौना बजारमा दिउँसोभर खेलि रमाइलो गरिसकेपछि मात्रै बिर्सति पर्व अब जात्राको रुपमा मनाउने गरिन्छ ।
मेलामा अायाेजित भलिबल खेल
 
२० गते रातभरि छाेर्याट्टा, छाेर्याट्टी (केटा र केटी) देउडा खेल खेल्ने प्रचलन रहि आएकाे छ । अझै यहाँ त निकै कस्सिएर खेल खेल्ने र जित हारकै परिस्थितिमामा देउडा खेलेरै पनि विवाह समेत गर्ने प्रचलन थियो । यद्यपि यो मानवीय सभ्यताको बिकास सँग-सँगै बिस्तारै परिवर्तन भइरहेकाे छ। रातभर मेलामा रमाइलो गर्नुका साथै स्थानीय मानिसहरु समेत मेलामा नै नाचगान गर्दै रमाइलो गरेर रातभर रमाइलो गर्ने गर्दछन । 
 
२० गते रातभरि छाेर्याट्टा, छाेर्याट्टी (केटा र केटी) देउडा खेल खेल्ने प्रचलन रहि आएकाे छ । अझै यहाँ त निकै कस्सिएर खेल खेल्ने र जित हारकै परिस्थितिमामा देउडा खेलेरै पनि विवाह समेत गर्ने प्रचलन थियो ।
विर्सती जात्रामा सहभागि जात्रुहरु (लेखकका साथमा)
बिर्सती मेलाका धार्मिक आकर्षकहरु
 
देउडा पारखीहरुको प्रतिस्पर्धा हुने यो ऐतिहासिक मेलामा देउडामा पनि दोपाइल्या, तेपाइल्या छाेर्याट्टा-छाेर्याट्टी (केटा-केटी) का देउडा खेलिने गर्छन् । स्थानीय भाषामा देउडालाई तिउडो भन्ने चलन छ ।
चाभाइ खेल, भारी खेल, देउडा खेल, ढुस्काहरुको प्रर्दशन, ढाका बजाउने प्रतिस्पर्धा (डम्मरु बजाउने प्रतिस्पर्धा) राङ्गा जुधाइ आदि यहाँका मुख्य आकर्षणहरू हुन।
 
 पर्वको मौलिकता :-
 
सुदूरपश्चिम क्षेत्र विशेष गरि बझाङ जिल्ला थली नौबिसको को पृथक् पहिचान बोकेको ऐतिहासिक तथा धार्मिक पर्व हो बिर्सती मेला । हिन्दु धर्मावलम्बी सुदूरपश्चिम थली नौबिस बासीहरूको प्रथा र परम्पराहरूको जीवित इतिहास केवल बिर्सती  मेलाबाट प्रदर्शित हुन्छ ।
मेलामा सहभागीहरु स्थानीय पहिरनमा
यस मेलाका बेला गरिने विविध सांस्कृतिक गतिविधिहरूमा ऐतिहासिक व्यक्तित्वहरूको महिमा, चरित्र गाथाहरू व्यक्त गर्ने गरिन्छ । जुन पुस्तौँ पुस्तासम्म हस्तान्तरित हुन्छ र इतिहासले जीवन्तता पाउँछ । यस क्षेत्रको रहन सहन, वेषभुषा, अनि भाषामा समानता देखाउने मेला नै बिर्सती मेला (बिर्सती जात) हो ।
 
 
हिन्दु धर्मावलम्बी सुदूरपश्चिम विशेष गरि बझाङ थली नौबिस बासीहरूको संस्कृति र परम्पराहरूको जीवित इतिहास केवल बिर्सती मेला  पर्वबाट प्रदर्शित हुन्छ ।
 
यही पर्वको कारण यस क्षेत्रका मानिसहरूको भावना मिल्ने गर्दछ । भावनात्मक रूपमा एक भएको महसुस हुने अवस्था सिर्जना हुन्छ । यस क्षेत्रका मानिसहरूको भावना यतिसम्म मिल्छ की सायद यहाँको राष्ट्रियता नै यही भावनामा अन्तर्निहित रहेकाे छ । यस क्षेत्रका बाजागाजा, सङ्गीत, साहित्य र संस्कृतिको योग यही पर्वको बेला देखा पर्ने भएकाले यो पर्वको मौलिकता अमूल्य छ, अथाह छ, अविस्मरणीय छ ।
 
के हो त बिर्सती मेला ?
 
नेपाल कला र संस्कृतिका हिसाबले आफैमा एक सम्पन्न राष्ट्र हो । विविध संस्कृति, परम्परा अनि चाडपर्व यहाँका अमूल्य सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदा हुन् । पूर्वको चण्डी नाच, मध्य क्षेत्रको कुमारीको रथ यात्रा, पश्चिम क्षेत्रको मारुनी नाच अनि मध्य र सुदूरपश्चिम क्षेत्रका देउडा र छलिया नाच यस देशका सांस्कृतिक  चिनारी हुन् । यिनै चिनारीहरूको माझमा सुदूरको मौलिक पहिचान झल्काउने बिर्सती मेला / पर्व पनि एक हो । अझ विशेष गरी बिर्सती मेला/ पर्व बझाङ  जिल्ला थली नौबिसको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक मेला (जात) हो ।
 
अन्तमा :-
यसरी राङ्गा जुधाइ सकिएसंगै बिर्सतीमेला पनि सकिने गरिन्छ । बिर्सतीको इतिहासलाई हेर्दा बाह्है देउ बड्डिज्याबनबाट देबि देबताहरु थली नौबिसमा आएर रमाइलो गर्ने, कौडा खेल्ने, चौभेडा खेल्ने, जुवातास खेल्ने र गाइगोरु हेर्दै मन्दिर निर्माण गर्ने गर्थे रे ! एकदिन महादेवलाई कुष्टराेग लागेछ तेसैको उपचार गर्न दुर्गादेबिले सुर्मा देबिलाई लसुन प्याज कुट्न लगाएको र छि छि गर्दै घिन मानी मानी काम गरेको देखेर रिसाएर दुर्गा माताले भनेछन् त्यति छिपिली भयो भने (सिक आग्र झा ) भन्नाले ( जहाँ शुद्ध हिमाल  कोहि पनि बस्ती नभएको ठाउँ ) सुर्मा सरोबर जाउ भने ।  सुर्मा देबिले त्यो दिदिको बचनले दिदी म त्यसै जादिन बरु म आफ्नो भाग (हिस्सा) थलीको पाङ्गरको रुख,अन्ने सबै ढोली पोखी जाउला भनेर छिपिली सुर्मा देबीले  बुडखोरीको जडे भन्ने ठाउँ  बाट खोला नाला लिई बाढी पहिरो आएकोले आधा थलिको जिउलो बगाई, आफ्नो आली पाली रोजि अनि बाघ र थारको भेषमा साइपाल हिमालको काख सुर्मा सरोबर गएको किबद्न्ती दुर्गा देबिको भागमा उल्लेख छ ।
यहाँका थलिदुर्गा मन्दिर मठ , सुर्मा देबी मन्दिर बुडखोरी, बाठपाला मन्दिर,  दैपाड, महालिङ मन्दिर च्याकोट, महादेव मन्दिर सैन ,बडादेउ,  ईश्वर बासुधारा मन्दिर , दानछडो झरना, माटेसाङु,धमेनी गुफा, थली जिउला, लगायत ऐतिहासिक ठाँउहरु रहेका छन ।
 
बझाङको सुर्मा सरोबरमा पनि यहि थलि नौबिसका खोर्याल बोहरा र घट्याल मण्डेल, र  ल्वाडाका बुढा  थरीका मानिसहरु गएपछि मात्रै यो मेला पनि प्रारम्भ हुने भएकोले पनि यहाँको ऐतिहासिक महत्व झल्किन्छ । यहाँका थलिदुर्गा मन्दिर मठ , सुर्मा देबी मन्दिर बुडखोरी, बाठपाला मन्दिर,  दैपाड, महालिङ मन्दिर च्याकोट, महादेव मन्दिर सैन ,बडादेउ,  ईश्वर बासुधारा मन्दिर , दानछडो झरना, माटेसाङु,धमेनी गुफा, थली जिउला, लगायत ऐतिहासिक ठाँउहरु रहेका छन ।

मिन बहादुर मण्डेल
सुदुरपश्चिम प्रदेश, बझाङ जिल्ला 
छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर- ७ 
घट्टे मजखोरी (सुन्दरपुर बस्ती) (लेखक पेशाले शिक्षक हुनुहुन्छ । यसका साथै नेपाली कला र संस्कृतिकाे अनुसन्धानकर्ता समेत हुन्  र यस लेखापढी म्यागजिनका नियमित स्तम्भकार समेत हुन।)