अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा


लेखापढी      १९ भाद्र २०७७, शुक्रबार १९:५१

अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं ।  अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । 

राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।