निजी ल्याबमा गरिएको परीक्षणका आधारमा कोरोना बीमाको भुक्तानी नपाइने


लेखापढी      १९ भाद्र २०७७, शुक्रबार १४:३४

निजी ल्याबमा गरिएको परीक्षणका आधारमा कोरोना बीमाको भुक्तानी नपाइने

निजी ल्याबमा परीक्षण गराई कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीबाट दाबी भुक्तानी लिन नपाइने भएको छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बताउँछन् । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल छलफल गरेर नयाँ निर्णय गर्न सकिने उनले बताए ।

‘कोभिडको दाबी भुक्तानी दिँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला’ समितिद्वारा जारी सर्कुलरमा उल्लेख छ ।

बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ अनुसार निजी ल्याबमा परीक्षण गर्दा दाबी भुक्तानी नपाउने जनाएको छ। कोरोना बीमा मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ।