कोभिड-१९ आफैमा एक व्यापार र षड्यन्त्र त होइन?


लेखापढी      १८ भाद्र २०७७, बिहीबार १६:०३

कोभिड-१९ आफैमा एक व्यापार र षड्यन्त्र त होइन?

बिज्ञान र प्रबिधिको २१औं शताब्दीमा हामी विश्व मानव समाज वर्तमान समयमा एउटा जटिल परिस्थिको सामना गरि राखेका छौं । सायद यो यहाँ चर्चा परिचर्चा गरिराख्नु पर्ने छैन, सबैलाइ जग जाहेर नै छ । काेराेना भाइरस अर्थात कोभिड १९ सन २०१९ डिसेम्बरदेखि चीनको वुहान सहरको पशुपंछि ब्यापार केन्द्रबाट सुरुवात भई २०२० लाग्दै गर्दा विश्व भरि नै कोभिडको संक्रमणबाट मानवीय क्षति हुँदै गर्दाको क्षण आफैमा दुःखद र अकल्पनीय दुर्घटना हो ।

के ३ लाख भन्दा माथि कर्मचारी र ७ सयभन्दा माथि माननीय र सयौं मन्त्रीहरुलाई पाल्न र तलब भत्ता खुवाउनको लागि मात्र हामी जनता हो त ? प्रश्न आफैमा गम्भिर छ ? जनतालाई राहतको कार्यक्रम देखाएर वडा स्थरमा १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ पोका तेल, १ पिस साबुन बितरण गरेको देखाएर १०औं अर्ब सकिएको तथ्य हामी माझ छ ।

अहिले विश्व मानव समाज सम्पूर्ण हिसाबले त्राहि त्राहि भएर वर्तमान परिस्थितिको सामना गर्नु परिराखेको छ । जसको कारण कोभिडको संक्रमणबाट विश्व भरि करोडौंको संख्यामा संक्रमित र लाखौं मान्छेहरु उपचार्थ पछि निको भएका छन । साथै लाखौंको मृत्यु र हजारौंको संख्यामा उपचारार्थ बिरामिहरु दिनहु उपचार केन्द्रमा रहेका छन । यहि भनाई र परिस्थितिको भोगाईको कारणले गर्दा आज हाम्रो देश र समाज पनि परिस्थिति को सामना गर्न बाध्य छ । जुन आफैमा एउटा दुःखद क्षण हो, साथै अनेकन समस्या र परिस्थिति को सामना गर्दै कोरना संग को लडाइँ निस्चय पनि जित्ने भन्ने कुराको मनोभाव सहित  विश्वको विकराल परिस्थितिलाई हेरेर हाम्रो सरकारले लकडाउन घोषणा गरेसँगै हामी पनि उक्त परिस्थितिको दास बन्न बाध्य भयौं। ।

विश्व भरिनै करिब करिब ३ महिना सन्नाटा छायो, यो परिस्थिति को श्रृजना कसरी भयो ? कसको कारणले भयो ? कहाँबाट सुरुवात भई कसरी विश्व मानव जगतलाई तबाहि र हाहाकार मचायो यो आफैमा जटिल र गम्भिर बिषय हो । सायद यसको समिक्षा अहिले विश्व भरिनै आ–आफ्नै ढंगले खण्डन, विश्लेषण र आरोप प्रत्यरोप लगायत वास्तविक तथ्य र सत्य एक दिन ढिलो चाँडो  ईतिहासले पक्कै पनि हाम्रो सामु प्रष्ट्याउने छ ।

देश पूर्णरुपमा ठप्प भएको ६ महिना भइसक्यो, आर्थिक हिसाबले सबै कारोबार बन्द छ, तर पनि सरकारले कुनै त्यस्तो किसिमको आर्थिक प्याकेज कर छुट वा बैंक ब्याज दर मिनाहा जस्ता राहत प्याकेज ल्याउन सकेन । सहुलियत कर्जा तथा अहिले ल्याएको प्याकेजले सर्वसाधारण जनता जो मजदुरी गरेर छाक टार्छन उनीहरुलनई छुन सकेको छैन । बरु उल्टै कर तथा अन्य शुल्कको लागि बारम्बार ताकेता गर्नु सरकारको महानता भन्ने कि कमजोरी वा मुर्खता भन्ने ?

विश्वमा अहिले कोरना महामारिको यात्रा करिब ९ महिना बित्दै गर्दा २ पटा प्रश्न खडा भएको छ । कयौं देशका जनता अहिले सडकमा प्रश्न गर्दै आन्दोलनरत छन । साथै नेपालमा पनि यदाकदा यी प्रश्नहरु लकडाउनको ६ महिना बित्दै गर्दा उठ्न थालेका छन । नेपालमा ५ महिना अघिनै कोरना एक षड्यन्त्र हो भनेर भन्ने ब्यक्ति बरिष्ठ पत्रकार तथा राजनैतिक बिष्लेषक प्रेम कैदीले खण्डन गर्दै आएका छन । उहाँको खण्डण कत्तिको तथ्यमा आधारित छ भन्ने कुरा पुष्टि त समयले नै गर्ला । अहिलेको विश्वले मान्दै आएको महामारि कोभिड–१९ जुन परिस्थितिबाट जसरि र जुन रुप र आकार लिएर विश्व मानव समाजमा प्रबेश गर्यो यो आफै मा हामी सब‌ै विश्व समुदायका लागि जटिल समस्या बन्यो ।

वर्तमान नेपाल सरकारले गरिखाने बर्गहरुका लागि कुनै पनि दुरगामी योजना बिना नै लकडाउन गरि पुर्ण रुपमा देश ठप्प गर्यो । जसको कारणले लाखौं गरिखाने बर्ग मारमा परि भोको पेट लिई कोरना सँगको लडाइँमा बाँच्ने झिनो आश लिएर लडिरहेका छन ।

विश्व भरि भएका ३ खाले बर्ग धनी बर्ग, मध्यम बर्ग र गरिब बर्गलाई कोभिडले असर पुर्याइरहेको छ । साँझ बिहान मजदुरि गरेर आफ्नो दैनिक गुजरा चलाउने बर्ग भने यसबाट धेरै प्रभावित भएको छ । मध्यम बर्ग पनि केही समयका लागि जेनतेन अनेकण समस्या भएता पनि मिठो खान नसके पनि समस्या संग सजिलै जुध्न सक्छ । यस्तै प्रभाव नेपालमा पनि परेको छ । वर्तमान नेपाल सरकारले गरिखाने बर्गहरुका लागि कुनै पनि दुरगामी योजना बिना नै लकडाउन गरि पुर्ण रुपमा देश ठप्प गर्यो । जसको कारणले लाखौं गरिखाने बर्ग मारमा परि भोको पेट लिई कोरना सँगको लडाइँमा बाँच्ने झिनो आश लिएर लडिरहेका छन । गरिब जनताले तिरेको करवाट चलेको सरकारले यसरी क्रूर, अमानवीय, नैतिकता बिहिन, अब्याबहारिकता देखाउनु आफैंमा दु:खद छ ।

देश पूर्णरुपमा ठप्प भएको ६ महिना भइसक्यो, आर्थिक हिसाबले सबै कारोबार बन्द छ, तर पनि सरकारले कुनै त्यस्तो किसिमको आर्थिक प्याकेज कर छुट वा बैंक ब्याज दर मिनाहा जस्ता राहत प्याकेज ल्याउन सकेन । सहुलियत कर्जा तथा अहिले ल्याएको प्याकेजले सर्वसाधारण जनता जो मजदुरी गरेर छाक टार्छन उनीहरुलनई छुन सकेको छैन । बरु उल्टै कर तथा अन्य शुल्कको लागि बारम्बार ताकेता गर्नु सरकारको महानता भन्ने कि कमजोरी वा मुर्खता भन्ने ? संकटको घडिमा राज्यले जनताका समस्यालाई कुनै आर्थिक प्याकेजको रुपमा जीवनस्तर तथा कामका आधारमा वर्ग छुट्याएर कर छुट गर्दैन भने गरीब जनताको भोको पेट भर्न आर्थिक प्याकेज ल्याउदैन भने, आम नागरिकका आवाज तथा समस्या सुन्दैन भने आखिर के का लागि र कस्का लागि सरकार ?

अहिले कोभिड र त्यस पछिको निरन्तर लकडाउनको कारणले परिस्थिति अनुरुप सरकार र विश्व स्वास्थ्य संगठनले जुन अहम भुमिका खेल्नु पर्थो उक्त भुमिका खेल्न नसक्नुले पनि कोभिड एक चर्चाको डरलाग्दो विषय बनेको छ । परिस्थिति अनुरुप वास्तविक कोभिड भएता पनि या नभएता पनि विश्व उत्थानका लागि सम्बन्धित निकायले जनहितमा काम गर्न नसक्नु र महामारिलाई बेवास्ता गर्दै आफ्नो स्वार्थमा लिप्त हुनुले भयावह स्थिति आइरहेको छ ।

के ३ लाख भन्दा माथि कर्मचारी र ७ सयभन्दा माथि माननीय र सयौं मन्त्रीहरुलाई पाल्न र तलब भत्ता खुवाउनको लागि मात्र हामी जनता हो त ? प्रश्न आफैमा गम्भिर छ ? जनतालाई राहतको कार्यक्रम देखाएर वडा स्थरमा १० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ पोका तेल, १ पिस साबुन बितरण गरेको देखाएर १०औं अर्ब सकिएको तथ्य हामी माझ छ । विश्वका शक्ति राष्ट्रहरु महामारी नियन्त्रण र रोकथामको लागि भन्दै समय परिस्थिति अनुरुप बिज्ञान र प्रबिधिको प्रयोगद्वारा विभिन्न परिक्षणहरु गर्दै मानव समाजको स्वास्थ कल्याणको हेतुले ब्यापारिक सोच अनुरुप नै संकटका बाबजुत पनि पहिलो कोभिड–१९ को भ्याक्सिन निर्माणमा खट्नु र सफल भई विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गराई विश्व कल्याणलाई केन्द्रमा राखि आर्थिक उपार्जनकोप्रतिस्पर्धा गर्नु आफैमा गर्व र मानबिय भाव झल्किने कुरा हो । यसलाई एक व्यापारको रुपमा लिएपनि यो मानवीय कल्याणको लागि कोसेढुंगा सावित हुनेछ ।

हाम्रो देशमा पनि कोरोना एक व्यापार र षड्यन्त्रको रुपमा हेरिदैं छ । कोरोना आफैमा षड्यन्त्र नभएर सत्य भएपनि कोरोनाको ईतिहास र त्यस पछिको विश्व कोरोनाकालिन समय र राजनैतिक र आर्थिक खिचातानी र स्वार्थ को रुपमा विश्व शक्ति राष्ट्र आ–आफ्नै अडानका साथै अगाडि बढ्दै गरेका छन । हाम्रो जस्तै अन्य देशहरुमा पनि थुप्रै अनेकन देशहरुमा पनि सत्तामोहका साथै राजनैतिक,आर्थिक व्यावसाहिक लाभ र भ्रष्टाचार केन्द्रीत भएको देखिन्छ ।

अहिले कोभिड र त्यस पछिको निरन्तर लकडाउनको कारणले परिस्थिति अनुरुप सरकार र विश्व स्वास्थ्य संगठनले जुन अहम भुमिका खेल्नु पर्थो उक्त भुमिका खेल्न नसक्नुले पनि कोभिड एक चर्चाको डरलाग्दो विषय बनेको छ । परिस्थिति अनुरुप वास्तविक कोभिड भएता पनि या नभएता पनि विश्व उत्थानका लागि सम्बन्धित निकायले जनहितमा काम गर्न नसक्नु र महामारिलाई बेवास्ता गर्दै आफ्नो स्वार्थमा लिप्त हुनुले भयावह स्थिति आइरहेको छ । त्यसकारण भन्न सकिन्छ, कोभिड एक व्यापार र षड्यन्त्र हो ।
जय गोरखा काली !!!


नागी बिक्रम चन्द 
काठमाडौँ 
(चन्द सामाजिक अभियन्ता एबं युवा ब्याबसायी हुनुका साथै समसामयिक सामाजिक बिषयहरुमा ससक्त कलम चलाउदै आउनुभएको छ ।)