बागलुङ (ढोरपाटन) बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)


लेखापढी      १८ भाद्र २०७७, बिहीबार १३:४०

बागलुङ (ढोरपाटन) बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

बागलुङको ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढीपहिरोमा ११ जनाको मृत्यु भएको छ ।

बाढीमा परी ३६ जना बेपत्ता र झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बिहीबार दिउँसो साढे ११ बजेसम्म ११ जनाको शव घटनास्थल र खोलाका किनारहरूमा भेटिएको बताए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् ।  घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

बुधबार राति १२ बजेदेखि खसेको पहिरोले यहाँका ४० घरमा क्षति पुगेको छ । अधिकांश घर बगेका छन् भने कतिपय पुरिएको देखिएको घटनास्थल पुगेका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । पहिरो खोलामा मिसिएपछि आएको बाढीले सडक, झोलुंगेपुल र खानेपानीका मुहानसमेत क्षतविक्षत बनाएको छ । एक विद्यालयको भवनमा क्षति पुगेको छ । एजेन्सी