उपत्यकामा निषेधाज्ञा आदेश सुधार गर्न उपत्यका नगरपालिका फोरमको ध्यानाकर्षण


लेखापढी      १८ भाद्र २०७७, बिहीबार १३:५५

उपत्यकामा निषेधाज्ञा आदेश सुधार गर्न उपत्यका नगरपालिका फोरमको ध्यानाकर्षण

तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति नै जारी गरेको छ। 

बिहीबार फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त विज्ञप्तिमा जारि गर्दै अत्यावश्यकीय वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल/व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अबिलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

बुधबार साँझ काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एक हप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको हो ।