बझाङको प्रसिद्ध धार्मिक तथा सांंस्कृतिक बिर्सती मेला यस वर्ष नहुने


लेखापढी      १८ भाद्र २०७७, बिहीबार २१:४०

बझाङको प्रसिद्ध धार्मिक तथा सांंस्कृतिक बिर्सती मेला यस वर्ष नहुने
 
बझाङ। बझाङको प्रसिद्ध धार्मिक तथा सांंस्कृतिक बिर्सती मेला भदौ १८, १९ र २० गते हुने भए पनि यस वर्ष भने काेराेनाभाइसकाे महामारीका कारण नहुने भएको छ ।
 
दुर्गाथली र छबसिपाथिभेरा गाउँपालिकाको बीचभाग बिसौना बजारमा हरेक वर्ष भाद्र महिनाको १८, १९ र २० गते लाग्दै आएको वर्सिती मेला यो वर्ष कोरोना महामारीका कारण नहुने भएको हो ।
 
बिर्सतीमा भदौ १८ बर्त बसेर पुजा आराधना १९ गते ढाँका नाच र २० गते पूजाआरधना हुँदै आएको छ । कोरोना संक्रमण बढ्दै गएपछि समुदाय स्तरमा फैलने सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो वर्ष मेला स्थगित गरेको छबीस पाथिभेरा ६ वडा अध्यक्ष श्री  मोहनलाल बि. कले जानकारी दिए।
 
गत शनिबार र आइतबार मात्रै दुर्गाथलीमा विभिन्न वडामा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएका थिए । उनले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले निर्देशन गरेका नीति नियमको पालना गर्दै भिडभाड नगर्न नगराउन आग्रहसमेत गरेका छन् ।
 
विज्ञप्तीमा मन्दिरमा पूजा गर्दासमेत सामाजिक दूरी कायम गरी मास्कको प्रयोग गरेर गर्न गराउन उल्लेख गरिएको छ ।
वडा कार्यालकाे सूचना

मिनबहादुर मण्डेल,
बझांग