नेकपा सचिवालय बैठक: बिहान ११ बजे तय भएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित


लेखापढी      १८ भाद्र २०७७, बिहीबार १३:२५

नेकपा सचिवालय बैठक: बिहान ११ बजे तय भएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालयको आज बिहान ११ बजेका लागि तोकिएको बैठक  दिउँसो ३ बजे बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सरेको हो ।

बैठकमा अध्यक्षद्वयबीच देखिएको विवाद समाधानका लागि गठित नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमाथि थप छलफल हुने बताइएको छ । त्यस्तै बिहीबारको बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ। 

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ । त्यसका लागि नेकपा नेतृत्वसँग बिहीबार र शुक्रबार दुई दिन मात्रै समय छ ।