बिहान उठ्ने बितिक्कै ५ मिनेट लामो स्वास लिनुको फाइदा वा अनुलोम-विलोम गर्नुस !!


लेखापढी      १६ भाद्र २०७७, मंगलवार ०४:५२

बिहान उठ्ने बितिक्कै ५ मिनेट लामो स्वास लिनुको फाइदा वा अनुलोम-विलोम गर्नुस !!


निरन्तर रुपमा हामीले स्वास लिने र छोड्ने गरेका हुन्छौ । दिनभरी काम गर्दा होस वा राति मस्त निदाएको समय होस, हाम्रो श्वासप्रश्वास निरन्तर चलिरहेको हुन्छ । 

स्हावास लिन हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन। तर राम्रोसँग निरन्तर श्वासप्रश्वास लिन जानेमा हामीलाइ स्वस्थ एबं दीर्घजीवि पनि बनाउँछ।
प्रत्येक बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्दछ। यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार रहेका छन :

तनाबमुक्त बनाउछ : प्रत्येक बिहान गहिरो श्वासप्रश्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउन मदत गर्दछ जसले गर्दा  तनाब, चिन्ता र त्रास घटाउँछ। 

शरिरको बिष फालिदिन्छ : श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब बिकार तत्व निस्कासन गरिदिन्छ।

दिमागलाई शान्त बनाइदिन्छ : हाम्रो मष्तिस्कलाई स्वस्थ राख्न शुद्ध अक्सिजनको आबश्यकता पर्दछ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ।

अन्य अंगलाई पनि सहयोग : गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ। 

श्वास प्रश्वास कसरि गर्दा उचित ?  
सामान्य तवरले कोठा भित्र वा शुद्ध हावा आउने खुल्ला ठाउमा पलेटी कसेर नाकले लामो स्वास लिएर बिस्तारै मुखले छोड्ने गर्नुपर्दछ । यो प्रक्रिया करिब ३ देखि ५ मिनेट सम्म गर्न सकिन्छ । 
श्वास प्रश्वासको लागि “अनुलोम विलोम” (Anulom Vilom) उत्तम उपाय र अधिक फाइदा :
अनुलोम को अर्थ सिधा हुन्छ भने विलोमको अर्थ उल्टा भन्ने हुन्छ अर्थात अनुलोम विलोम गर्दा उदाहरणको लागी- नाकको दायाँ  प्वाल बन्द गर्ने, सोहि समयमा बायाँ प्वालबाट स्वास भित्र लिने अनि बायाँ नाक बन्द गर्दै दायाँ नाकबाट बिस्तारै स्वास बाहिर फाल्ने गर्नुपर्दछ । त्यसैगरी यो  प्रक्रिया दोहोर्याउदै गर्नुपर्दछ ।


लेखापढी स्वास्थ्य ज्ञान 
lekhapadhee.com