गजल


लेखापढी      १६ भाद्र २०७७, मंगलवार १५:५१

गजल

सहिदकाे मूर्ति आँखामा अटाउनु पर्छ, सरकार  ।
मिठो बोलेर दुस्मनलाई  पटाउनु पर्छ, सरकार  ।।

 

छिमेकी रास्ट्रले हाम्रो भूमि मिच्दैछ महोदय ।
सिमा क्षेत्रमा सुरक्षा खटाउनु पर्छ, सरकार ।।

 

हामी जस्तो गरिब नागरिकहरु अन्यायमा पर्यौ  ।
विधान संसोधन गरेर कर घटाउनु पर्छ, सरकार ।।

 

संघीय संरचनाले आफन्त बिक्ने, टिक्ने भए  ।
मैले रोएर जीन्दगी कटाउनु पर्छ, सरकार  ।।


मुस्कान मुस्कान  
धनकुटा, पाख्रीबास