अंकुरको  गजल !!


लेखापढी      १६ भाद्र २०७७, मंगलवार ००:१८

 अंकुरको  गजल !!

 अंकुरको  गजल !!

चोखो माया भरिएको, गह तिम्रो निलो थियो !
के मिसायौ बोलिभित्र, साह्रै नै रसिलो थियो !!

मनको ढोका उघारेर, लुकी लुकी चियाएर ,
ती नजरले के के भन्यौ, बुझ्न असजिलो थियो !!

मुस्कानले ओठ भर्दा, साँच्चै तिम्रो मुहार त्यो,
चाँदनी झै सजिएको, बडो चहकिलो थियो !!


अंकुर चन्द
बेदकोट नगरपालिका 
कञ्चनपुर
(नियमित रुपमा साहित्यिक रचना पठाउनु हुने “अंकुर चन्द” प्रति हार्दिक आभार ब्यक्त गर्दछौ । -लेखापढी म्यागजिन )


हजुरहरुका विभिन्न लेख-रचनाहरु इमेल मार्फत हामीलाई पठाउन सक्नुहुन्छ :
lekhapadhee@gmail.com