म जन्मिएको मेरो प्यारो गाउँ (कविता)


लेखापढी      १३ भाद्र २०७७, शनिबार १३:१२

म जन्मिएको मेरो प्यारो गाउँ (कविता)

पाथिभेरा हिमाल वारि,  सानो सुन्दर मेरो गाउँ ।
सम्पदाको धनी अति,  सफा सुन्दर मेरो ठाउँ ।।

हरियालीले भरिएको छ,  सानो मेरो गाउँ ।
स्वच्छ हावा चिसो पानी,  घट्टे मजखोरी नाउँ ।

स्वर्गिय आनन्द पाईने,  आहा ! कति राम्रो ठाउँ ।।
डाँडा पाखा झरनाले,  भरिपुर्ण मेरो ठाँउ ।

यहि ठाउँमा फल्ने गर्छ धेरै,  मकै कोदो गहुँ ।।
हिजो बाजे रगे मण्डेलको,  रोजाईमा परेको मेरो गाउँ ।
स्वर्ग भन्दा प्यारो लाग्छ,  त्यही घुम्न जाउँ।।
स्वर्गिय आनन्द पाईने,  आहा ! कति राम्रो ठाउँ ।।

कला कौशल संस्कृति,  भरिपुर्ण सम्पदाको ठाउँ ।
दुनियाँलाई भुलाई दिन्छ, आहा  !  स्वर्ग जस्तै गाउँ ।।
ढुङ्गाका छाना भएका र  आधुनिक घर छन जहाँ, 
भन्छन   आहा देख्दा सबले ! कति राम्रो ठाउँ ।
होमस्टे छन किसिम किसिमका, एक चोटि घुम्न आउँ।।

हिमालयको सौर्न्दर्य र झरनाको चिसो पानी हेर्दै रमाउ।
प्रकृतिको बरदानै हो हाम्रो, छबिस पाथिभेरा नाउ।।
पाथिभेरा , दानछडो , सुर्मा यिनै हुन यहाँका चर्चित नाउ ।नामै सुन्दा अति आनन्द आउने अत्यन्तै रमणीय ठाउँ ।।

छबिस पाथिभेरा घट्टे मजखोरी म जन्मिएको गाउँ ।
दुनियाँलाई भुलाई दिन्छ, आहा ! कति राम्रो ठाउँ ।।
स्वर्गीय आनन्द पाईने, आहा ! कति राम्रो ठाउँ ।।


मिन बहादुर मण्डेल
सुदुरपश्चिम प्रदेश बझाङ जिल्ला
छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर- ७
टोल :- घट्टे मजखोरी (सुन्दरपुर बस्ती)
इमेल :- mandelm414@gmail.com