सत्तारूढ दल नेकपाकाे सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सर्‍यो


लेखापढी      १२ भाद्र २०७७, शुक्रबार १४:१५

सत्तारूढ दल नेकपाकाे सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सर्‍यो

काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) ११ बजेलाई तय भएको सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि सचिवालयको बैठक भदौ १८ गतेसम्म सार्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो ।

ओली-दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान कार्यदल बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ। पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।