टिकटक CEO द्वारा राजिनामा


लेखापढी      १२ भाद्र २०७७, शुक्रबार ०६:१६

टिकटक CEO द्वारा राजिनामा

एजेन्सी। तिन महिना अघि tik tok का सीईओमा नियुक्त्त केभिन मेयर(Kevin Mayer) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकालको छोटो समयमै टिकटकमाबाट राजिमामा दिएका छन् ।

 

टिकटकलाई प्रतिबन्ध लगाएको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मूद्दा दायर गरेको केही दिनमै अमेरिकी नागरिक केभिनले राजिनामा दिएका हुन् । केभिनको राजीनामा स्विकृत गर्दै टिकटक कम्पनीले अमेरिकी जनरल म्यानेजर भानेस्सा पप्पासलाई अन्तरिम सीईओको रुपमा नियुक्त गरेको छ । पप्पास सन् २०१९ मा अमेरिकी जनरल म्याेजरको रुपमा टिकटकमा आबद्ध भएकी थिइन् । 

 
 

यस अघि भानेस्सा पप्पास वाल्ट डिज्नी(walt Disney) कम्पनीको DISN टप स्ट्रिमिङ एक्जिक्युटिभ थिइन। 

बिशेषगरि भारत र अमेरिकामा लागेको प्रतिबन्ध पश्च्यात बाइटड्यान्सका संस्थापक तथा सीईओ झाङ यिमिङले केहि समयमै उक्त समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।