उद्योगपति तथा सा‌ंसद विनोद चौधरीलाई कोरोना संक्रमण


लेखापढी      १२ भाद्र २०७७, शुक्रबार १३:३१

उद्योगपति तथा सा‌ंसद विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफुलाई कुनै लक्षण नदेखिएको बताउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरेका छन्।

उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।