स्वतन्त्रताकाे महत्त्वाकांक्षा र संसदिय अभ्यासले ल्याएकाे परिणाम


लेखापढी      १० भाद्र २०७७, बुधबार ०५:३६

स्वतन्त्रताकाे महत्त्वाकांक्षा र संसदिय अभ्यासले ल्याएकाे परिणाम

देश आज दिन प्रतिदिन सुन्दर, शान्त देश अस्थिरता, अराजकता, अमानवीयता, भ्रष्टता, अव्यवहारिकता तर्फ जादै गरेको जग जाहेर नै छ ।  हामी व्यक्तिगत, समुहगत वा गुटगत हिसाबले विभाजित भई नाताबाद, कृपाबाद, शक्तिवादमा परिणत भएर स्वतन्त्रता र अधिक अधिकारकाे नाममा बिभाजित भईरहेकाे छाैं ।  विभाजित हुँदै गर्दा कमजाेर भइरहँदा र देश प्रतिकाे दायित्त्वबाट पन्छिदै गर्दा यसकाे फाइदा विदेशी शक्तिहरूले उठाउँदै आइरहेका छन् । बिदेशी शक्ति केन्द्रहरुकाे चाहना अनुरूप उनीहरूलाई संस्थागत गर्न सहज वातारण निर्माण गर्दै उनीहरूलाइ बलियाे बनाइरहेका छाैं । 

नेपालकाे राजनैतिक परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष सर्वसाधारण जनताले सबै पार्टी र नेताहरूलाई साथ र सहयोग गरेकै हाे । चाहे त्याे २००७ सालकाे राजनैतिक परिवर्तन हाेस चाहे २०४६ साल, चाहे १० बर्षे जनयुद्ध हाेस चाहे ६२/६३ काे जन आन्दोलन हाेस ।

देशमा लामाे सयमदेखि निरन्तर चलिरहेकाे शासन व्यवस्था संसदिय अभ्यासलाई व्यक्तिगत स्वार्थ अनुकुल प्रयाेग हुनुले हाम्राे अबस्था कमजाेर हुँदै गइरहेकाे यथार्थता हाे । नेपालकाे राजनैतिक परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष सर्बसाधारण जनताले सबै पार्टी र नेताहरूलाई साथ र सहयोग गरेकै हाे । नेपाली जनता परिवर्तनका पक्षधर नैं हुन । चाहे त्याे २००७ सालकाे राजनैतिक परिवर्तन हाेस चाहे २०४६ साल, चाहे १० बर्षे माओबादी युद्ध हाेस, चाहे ६२/६३ काे जनआन्दोलन हाेस । सबै क्रान्ति र त्याग नेपाली जनताहरूकाे चाहना अनुरुप केहि परिवर्तन हाेस, देशमा विकास हाेस र देशमा समृद्धि आओस भन्ने नै थियो । नेताहरू पक्कै पनि देश बनाउछु र जनताकाे सेवा गर्छु भनेरै आए हाेलान तर बिडम्बना बिदेशी शक्ति केन्द्रहरुकाे स्वार्थ अनुसार बाचा र बन्धनमा बाँधिए । अहिले बैदेशिक षड्यन्त्र नै नेताहरुकाे टाउकाे माथि  परेपछि पक्कै पनि निल्नु न ओकल्नु भएको पो होकी ? 

तर पनि यसाे भनिरहदा देश नेताहरुकाे जिम्मामा मात्र छाेड्न त मिल्दैन । हाे, समय परिवर्तनशील छ। समयसँगै सबै कुराहरुकाे बिकास र परिवर्तन हुन आवश्यक पनि छ । तर अरुकाे देखासिखि र पछ्याउटेपन र निर्देशनकाे भरमा जनतालाई एक वचन नसाेधि उचित समयकाे ख्याल नगरि राता रात निर्णय गरिनु देशका लागि र हामी जनताका लागि जायज थिएन र जायज होइन भन्ने लाग्छ। नेताहरू गैरजिम्मेवारिपन भएर बिदेशी शक्तिकाे चंगुलमा फसेर देशलाई बर्बादी तर्फ धकेल्नु राजनीतिकाे पराकाष्टा हाे । 

अरुकाे देखासिखि र पछ्याउटेपन र निर्देशनकाे भरमा जनतालाई एक वचन नसाेधि उचित समयकाे ख्याल नगरि राता रात निर्णय गरिनु देशका लागि र हामी जनताका लागि जायज थिएन भन्ने हाे ।

थुप्रै राजनैतिक घटनाक्रमलाई पार गर्दै हामी ईतिहासकै गम्भीर माेडमा आउनुकाे प्रमुख कारण मध्ये नेताहरुकाे उच्च महत्वकांक्षा एक हाे भने अर्काे विभिन्न बिदेशी केन्द्रहरुकाे प्रत्यक्ष प्रभाव हाे। नेपाली राजनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले बिदेशि शक्ति हाबि भइरहेकाे छताछुल्ल छ । विभिन्न विदेशि शक्तिकाे लाेभ, प्रलाेभन, धाक र धम्कीले नेपाली राजनीति प्रभावित भइरहेकाे छ र त्यसकाे  प्रत्यक्ष मारमा नेपाली जनता छन् । 

नेपाल आमालाई साक्षी राखेर सपथ खाएका राजनीतिज्ञहरुलाई जनताले प्रश्नचिन्ह खडा गरेका छन ।  बर्तमान समयमा देशको नेतृत्त्व गर्ने जिम्मा पाएकाहरुले जनताकाे सेवक भै देशमा शुशासन, बिकास, नयाँ बिचार, दुरगामी साेच, पारदर्शिता, कुशलता र निडरताका साथ अघि बढ्न सके नेपाली जनताले पक्कै साथ दिनेछन, नेपाली जनता साथमा नै छौं । 

लाेकतन्त्र, प्रजातन्त्र र समाजबाद, देश र जनताकाे लागि गहना भनिएतापनि हामी जनताकाे जीवनस्तरमा परिवर्तन ल्याउन सकेनन भने त्यसकाे कुनै औचित्य हुने छैन ।

अहिले फेरि बिभिन्न बहानामा हामी जनतामाथि निरंकुशता लाद्न खाेजिदै छ यसकाे परिणाम नेपाली जनताले त भाेग्छन नै यसका साथै पार्टी र नेताहरुले पनि भाेग्नु नपर्ला भन्न सकिदैन । अहिले आएर विभिन्न बहानामा देशलाई जातिय र धार्मिक द्वन्दमा लगेर गृहयुद्ध गराएर अस्थिरताकाे भुमरीमा फसाउदै राजनैतिक स्वार्थकाे लागि देश र जनतालाई बन्दी बनाई नयाँ राजनैतिक अभ्यासको नाममा अर्को षड्यन्त्र गरिने कुचेस्टा हुदैछ ।

जातीय स्वतन्त्रता र पहिचानको नाममा अनेक चलखेल हुदै गरेको स्पस्ट देखिन्छ । देशलाई बिखण्डन गर्ने र देशलाई फेरी गृहयुद्धमै रुमल्याउने गतिबिधि दिन प्रतिदिन बढेको छ। त्यसकारण याे षड्यन्त्रबाट देश र जनतालाई बचाउन काे निमित्त हामी राष्ट्रबादी, देशभक्त र देशप्रेमि नागरिक एक हुनुकाे बिकल्प छैन । जुन  हामीले प्रत्यक्ष अनुभव गरेकै कुरा हाे । प्रजातन्त्र, लाेकतन्त्र या गणतन्त्र, समाजवाद, जे भने तापनि यी कुराहरु राजनैतिक शब्दजालमा मात्र सिमित भए ।

लाेकतन्त्र, प्रजातन्त्र र समाजबाद, देश र जनताकाे लागि गहना भनिए तापनि हामी जनताकाे जीवनस्तरमा परिवर्तन ल्याउन सकेनन भने त्यसकाे कुनै औचित्य हुने छैन । कुनै माैसममा र कुनै दिनकाे लागि मात्र धारण गर्ने  गहनाकाे के औचित्य तसर्थ कुनै बाद वा सिद्धान्तले हामी लाई जन्माउने हाेईन, सिद्धान्तलाई हामिले जन्माउने प्रयास गर्नु पर्दछ । 
नेपाली स्वाभिमानको लागि “नेपालबाद” नै रास्ट्रियता हो, हाम्रो पहिचान हो । पार्टीगत स्वार्थ र सिद्धान्त भन्दा ठुलो मातृभूमि, रास्ट्रिय अखण्डता र ऐतिहासिक पहिचानको रक्षार्थ जाग्नै पर्ने समय आएको छ ।
जय गाेरखकाली!!!


नागी बिक्रम चन्द 
काठमाडौँ 
(पंतिकार, देशको समसामयिक बिषयहरुमा गहिरो अध्ययन गर्दै रास्ट्रिय एकता, स्वाभिमानको लागि ससक्त र स्वतन्त्र बिचार प्रस्तुत गर्दै आउनुभएको छ। निरन्तरताको लागि शुभकामना ब्यक्त गर्दछौ ।)-लेखापढी म्यागजिन 
https://lekhapadhee.com/2020/08/23/opinion-11/?fbclid=IwAR22EKsllNuOSWlOwQKNfMN2JHq-KSEoCrAOasWQTiKGIGwret4DhaKVEMk