कुलमान फेरि बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको ‘हल्लामात्रै’ !


लेखापढी      ९ भाद्र २०७७, मंगलवार २१:५४

कुलमान फेरि बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको ‘हल्लामात्रै’ !

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेको बेला ऊर्जामन्त्री वर्षमान पुनले  भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । 

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको म्याद भदौ २९ गतेसम्म छ भने अहिले उनीसहित केही आकांक्षी अहिले दौडधुपमा छन् । मंगलबार एकाएक सामाजिक सञ्जालमा केवल दबाब दिनका लागि मात्रै यस्तो हल्ला फैलाएको पाइएको छ ।

प्राधिकारको कार्यकारी निर्देशकका लागि घिसिङसँगै नवीनराज सिंह, हितेन्द्रदेव शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, हरराज न्यौपाने, शान्तिलक्ष्मी शाक्य लगायतका दौडधूपमा छन् ।