नेकपा सचिवालय बैठक शनिबार बस्दै, कार्यदल प्रतिवेदनबारे छलफल हुने


लेखापढी      ९ भाद्र २०७७, मंगलवार १४:२२

नेकपा सचिवालय बैठक शनिबार बस्दै, कार्यदल प्रतिवेदनबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न  शनिबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफल पछि भदौ १३ गतेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।

महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो ।