विदेशबाट आउनेहरूकाे पीसीआर रिपोर्ट नेगेटिभ भए होटल क्वारेन्टिनमा बस्नु नपर्ने, सिधै घर जान पाइने


लेखापढी      ८ भाद्र २०७७, सोमबार २०:०५

विदेशबाट आउनेहरूकाे पीसीआर रिपोर्ट नेगेटिभ भए होटल क्वारेन्टिनमा बस्नु नपर्ने, सिधै घर जान पाइने

काठमाडौं — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् ।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु एयरपोर्टबाट सिघै घर जान पाउने स्पष्ट पारेका हुन् । तर पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ । 

सरकारले विभिन्‍न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्‍वारेन्टाइनमा ७ दिन राख्‍ने निर्णय गरेको थियो । मन्त्री भट्टराईले कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्‍वारेन्टाइनमा बस्‍नु नपर्ने बताए । पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उनले बताए ।