उपत्यकामा स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द, निषेधाज्ञा लम्ब्याउन सुझाव


लेखापढी      ८ भाद्र २०७७, सोमबार १९:५०

उपत्यकामा स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द, निषेधाज्ञा लम्ब्याउन सुझाव

काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ  र काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएकाे छ। 

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । यसै गरि उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको हो।