नेपाली राजनीति र धर्मान्तरण


लेखापढी      ७ भाद्र २०७७, आईतवार २२:०९

नेपाली राजनीति र धर्मान्तरण

राराजनीति आफैमा समाज सुधारक र समाजकाे रक्षा कवच हाे भने धर्म समाजलाई एकताकाे शुत्रमा बाध्ने र भावनात्मक सम्बन्ध स्थापित गराउने एउटा माध्यम हाे । तर विश्व मानव समाज २१ औ शताब्दीमा बिज्ञान र प्रबिधिकाे तिव्र बिकाससँगै धर्मलाई किन महत्वका साथ मान्ने र हेर्ने गरिन्छ याे आफैमा एउटा जटिल बिषय र प्रश्न हाे ?

आज हरेक खाेज, अध्ययन, अनुसन्धान र परिक्षण पनि सफल हुन सकिरहेकाे छैन ताकि वास्तविक धर्म के लाई मान्ने ?  साधारण अर्थमा न्याय, सत्य र अहिंसालाई मान्ने हाेईन त ? मानव समाजकाे बिकास र जीवन पद्धतीलाई प्राकृतिक शक्ति पुञ्जद्वारा प्रतिस्थापित पद मुर्तिलाई र मानवीय तत्वबाेध गराउनबाट बिचलित नभई अनुसासित र मर्यादित ढंगबाट मानवरुपि समाजलाई अहिंसक भई निरन्तर कालान्तर सम्ममा पनि धर्मपथबाट बिचलित नभई समाज मार्गनिर्देशका साथ अघि बढाेस भन्ने हाे ।

धर्म एउटा मार्ग र आस्था हाे भने, जीवन पद्धति र सम्पूर्ण तत्व ज्ञान धारण गर्ने कुरा हाे । धर्ममा कुनै जात, वर्ग वा क्षेत्र छुट्टयाइएको हुदैन न त भगवान,अल्लाहा, जिशस, प्रभु, अन्य छुट्टयाइएको हुन्छ, धर्म त केबल सत्य हाे ।

धर्म एउटा मार्ग र आस्था हाे भने, जीवन पद्धति र सम्पूर्ण तत्व ज्ञान धारण गर्ने कुरा हाे । धर्ममा कुनै जात, वर्ग वा क्षेत्र छुट्टयाइएको हुदैन न त भगवान,अल्लाहा, जिशस, प्रभु, अन्य छुट्टयाइएको हुन्छ, धर्म त केबल सत्य हाे । जुन ब्रह्माण्डिय आधारमा प्राकृतिक शक्ति पुञ्जद्वारा प्रतिस्थापित सनातनी छ र याे मानव समाजकाे र यस पृथ्वीकाे अन्त्यसम्म रहिरहनेछ ।

धर्मकै शुत्रपातबाट र समयसँगै सत्य र असत्य कै बीचकाे मार्गबाट मानव समाजलाई सुरक्षित र संरक्षित गर्ने र गराउने कार्य वा सतमार्गलाई नै अर्को अर्थमा राजनीति मान्न सकिन्छ ।

तर २१ औ शताब्दीमा विश्व मानव समाज अगाडि बढ्दै गर्दा धर्मकाे आडमा जसरि मानव समाजलाई विभिन्न कालखण्डमा विभिन्न पात्रहरुले शक्ति सञ्चय कै भरमा बिभाजित गराएर नीतिगत हिसाबले आ-आफ्नो हिसाबले अगाडि खाेजे र विश्व मानव समाजलाई एक अर्कामा बिभाजित गराए त्यो नै कुनै कालखण्डको गम्भीर त्रुटी हाे जस्तो मलाई लाग्छ ।

हुन त तत्कालिन समयमा सायद परिस्थिति नै त्यस्तै हुन सक्छ, याे सब खेल नै सत्य हरणकाे लागि मानव समाजले आफै बुझाेस भनेर नि हुनसक्छ । तसर्थ हामी धार्मिक मुल्य र मान्यतालाई जस्ले जसरि अंगिकार गरेतापनि हरेक समुदाय र समाजले जसरि धर्मलाई बुझेर आ-आफ्नाे शैलीमा मान्ने गरेता पनि वास्तविक धर्मकाे सात्विक अर्थ सत्य नै हाे । धर्म धारण गर्ने र सतमार्गमा रहेर सत्य कर्म गर्ने कुरा हाे । कुनै पनि धर्मले हामीलाई समाजमा हिंसा गर, समाजलाई बिखण्डन गर पक्कै पनि भन्दैन ।

कुनै पनि धर्मले हामिलाई समाजमा हिंसा गर, समाजलाई बिखण्डन गर पक्कै पनि भन्दैन ।

तर पनि अहिले हाम्रो देशमा सनातनी मूल्य-मान्यतालाई कुल्चिएर आफ्ना रीति, रिवाज, परम्परा, सभ्यता, संस्कार र माैलिकतालाई परिवर्तनको नाममा जसरी विनास गर्दैछौं याे अकल्पनीय कुरा हाे । जसरी सत्य र प्राकृतिक कुराहरुलाई टेकेर पुरातन सभ्यता शास्त्रबाट विज्ञानकाे आविष्कार भएको छ त्यसैगरि धर्मपथबाटै सत्य र असत्यकाे बीचकाे मार्ग बाटै राजनीतिकाे शुत्रपात भएकाे छ त्यसैले असत्यकाे मार्गबाट मात्रै कुनै पनि देश र समाज सहज तरिकाले अघि बढ्न सक्दैन ।

कुनैपनि समाजमा स्थापित हुन चाहने नेताहरु जसरि अहिले विश्वमा दुई तरिकाले राजनीतिलाई धर्मसँग जाेडेर आएको परिदृश्य देख्न सकिन्छ ।  ठिक उल्टो धर्मलाई राजनीतिसँग जाेड्नु हुन्न भन्ने पनि छ र धर्मलाई चलाउनु हुदैन याे अफिम हाे भन्ने पनि छ । यी सबै कुराहरुकाे सत्यता हुदाहुँदै पनि किन हाम्रो देशमा धर्मलाई केन्द्रमा राखेर महत्त्वका साथ हेरिदैछ । के नेपालले सनातन कुरालाई शिराेपरि गर्न पाउने अधिकार छैन ?

जसरी सत्य र प्राकृतिक कुराहरुलाई टेकेर पुरातन सभ्यता शास्त्रबाट विज्ञानकाे आविष्कार भएको छ त्यसैगरि धर्मपथबाटै सत्य र असत्यकाे बीचकाे मार्ग बाटै राजनीतिकाे शुत्रपात भएकाे छ त्यसैले असत्यकाे मार्गबाट मात्रै कुनै पनि देश र समाज सहज तरिकाले अघि बढ्न सक्दैन ।

विश्वमा ७१ भन्दा माथि क्रस्चियन राष्ट्र हुन हुने, २२ भन्दा माथि मुस्लिम राष्ट्र हुन हुने, १० भन्दा माथि बुद्धिस्ठ राष्ट्र हुने र अन्य सबैले धर्म अङ्गिकार गर्न हुने तर हाम्रो देश चाही धर्मनिरपेक्षता भई दिनु पर्ने आखिर किन ? लाेकतन्त्र काे दुहाई दिएर नथाक्ने हाम्रा देशका नेताहरुलाई यो गम्भिर प्रश्न हो ?

जबकी लाेकतन्त्रकाे सुन्दर पक्ष बहुमतलाई मानिन्छ र ८२% सनातन धर्म मान्ने जनताकाे अधिकारलाई कुन्ठित गरिन्छ र धर्म निरिपेक्षताको आडमा धार्मिक सहिष्णुता खलबलाउने काम गरिन्छ साथै गरिबी र हाम्रा कमिकमजोरीलाई देखाएर विभिन्न वाहानामा किन धर्मान्तरण गरिदैछ यसको जबाफ अब हामी जनताले माग्ने बेला आएकाे छ। हिजाे संविधान जारि गर्दै गर्दा तथा जनताकाे मत सर्बेक्षण गर्दै गर्दा अधिकांस जनताकाे मत धार्मिक मामिलामा सनातन धर्मलाई देशकाे पहिचानकाे रुपमा स्थापित गरियाेस भन्दै गर्दा राता-रात कुन शक्ति र कसको इसारामा देशलाई धर्मबाट बञ्चित गर्दै धर्मनिरिपेक्षता लादिएकाे रहेछ त्याे कुराकाे स्पष्टिकरण अहिलेकाे सरकार र धर्म तथा सत्यताबाट बिचलित भएका नेताहरु र उहाँहरुकाे गतिबिधिबाट प्रष्ट थाहा पाउन सकिन्छ ।

बिदेशी शक्ति र पैसाकाे ईशारामा नेपालमा अस्थिरता, अराजकता पैदा गराएर नेपाल र नेपालीकाे कुभलाे चाहने शक्तिले धर्मलाई माध्यम बनाएर निकट भविश्यमा धर्मद्वारा जनमत संकलन गरि अन्तत्त्वगोत्त्वा शासन सत्ता पात्र नेपाली भएपनि आफ्नाे अनुकुल हाेस र नेपाललाई एसिया कै केन्द्र बनाउने र विश्व शक्तिसँग प्रतिसपर्धा गर्दै आएका २ ठुला राष्ट्रलाई माेनिटरिङ्ग गर्ने नै हाे । त्यसको प्रत्यक्ष ज्वलन्त उदाहरणकाे रुपमा भर्खरै विवादित प्रोजेक्ट (MCC) लाई लिन सकिन्छ।

बिदेशी शक्ति र पैसाकाे ईशारामा नेपालमा अस्थिरता, अराजकता पैदा गराएर नेपाल र नेपालीकाे कुभलाे चाहने शक्तिले धर्मलाई माध्यम बनाएर निकट भविश्यमा धर्मद्वारा जनमत संकलन गरि अन्तत्त्वगोत्त्वा शासन सत्ता पात्र नेपाली भएपनि आफ्नाे अनुकुल हाेस र नेपाललाई एसिया कै केन्द्र बनाउने र विश्व शक्तिसँग प्रतिसपर्धा गर्दै आएका २ ठुला राष्ट्रलाई माेनिटरिङ्ग गर्ने नै हाे ।

के नेपाल र हामी नेपालीकाे सामर्थ्य छैन र १००० कि.मि. पुर्ब पश्चिम रेलमार्ग बनाउने र बिधुत उत्पादन गर्ने ? आज नेपाली हामी युवाहरुले अरबकाे खाडीमा गगनचुम्बी महल बनाउन सक्छौ । अन्य थुप्रै देशका बाटा-घाटा र बिकास गर्न सक्छौ भने जाबाे १००० कि.मि. रेलमार्ग बनाउन पनि अरुलाई गुहार्नु पर्ने भए किन बेकारमा गरिब हामी जनताले दु:ख गरेर र बिदेशबाट युवाहरुले रेमिट्यान्स पठाएर कर तिरी तिरी संघीयताका बेराेजगारी जत्थाहरुलाई पालिरहनु पर्ने कुनै त्यस्ताे कारण छैन !!!

जय गाेरखा काली  !!!


नागी विक्रम चन्द
काठमाडाैं