मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहको १४४ औँ जन्मजयन्ती, काे हुन ?


लेखापढी      ७ भाद्र २०७७, आईतवार १५:०५

मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहको १४४ औँ जन्मजयन्ती, काे हुन ?

मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहको १४४ औं जन्मजयन्तीको अवसरमा सुदूरपश्चिममा विभिन्न कार्यक्रम गरि मनाइदै छ  । जयपृथ्वी बहादुर सिँहको सम्झना गर्दै उनको एक सय ४४ औँ जन्म जयन्ती मनाईन लागिएको हो । यस वर्ष काेराेना संक्रमणका कारण औपचारिक कार्यक्रमहरू नभएकाे भएता पनि उनलाइ सम्झिने याे विशेष अवसर पनि हाे । 

पढ्नुस् यी १२ बुँदा अनि जान्नुस को हुन् जयपृथ्वी ?

1. बुवा बिक्रम बहादुर सिंह र आमा रुद्र कुमारी सिंहका कोखबाट १९३४ साल भाद्र ७ गते मंगलबारका दिन बझाङ्ग जिल्लामा जन्म भएको थियो । (चैनपुर कुमालतडो हो चिसो छल्न राजा बसेपछि मात्र चैनपुर (आराम गर्ने नगरी) भएको इतिहास नै यसको प्रमाण हो )

2. प्राथमिक शिक्षा राणाका बालबच्चा मात्र पढ्न पाउने थापाथली दरवार पाठशालामा भयो । माध्यमिक शिक्षा दरबार हाईस्कुलबाट पुरा भएको र १९५१ सालमा भारतको कोलकाता विश्वविद्यालयबाट म्याट्रिक पास गरे ।

3. तिव्र बुद्धिका कारण जयपृथ्वी बहादुर सिंह प्रतिभावान विद्यार्थीका रुपमा चिनिदै गए । १९५२ सालमा भारतको इलाहवाद कलेजबाट आईए पास गरे भने १९६२ सालमा कोलकाता विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह पास गरे ।


4. जंग बहादुर राणाका छोरीपट्टीका नाती भए पनि उनको प्रतिभा देखेर राणाहरुले उनलाई आफ्नो लाइनमा उभ्याउन चन्द्र शमशेर राणाकी छोरी खगेश्वरी राणासंग १९५१ सालमा वैवाहिक सम्बन्ध जोडे । १९५३ सालमा उनका एक छोरी जन्मिइन्, तर उनको छोरीको ६ महिना मै मृत्यु भयो । त्यसपछि उनका सन्तान भएनन् ।

5. उनले १९५५ सालमा बझाङ राज्यमा जातका आधारमा कसले के काम गरिरहेको छ भन्ने पहिचान गरेर सीप तालिम दिन केहि व्यक्तिलाई काठमाडौं पठाएका थिए ।


6. बझाङ्गको ब्यासको तामा खानी, कडेलको धाउ (फलाम) खानीको प्रशोधन, धमेनाको फलामखानी, र बुङ्गलको फलाम प्रशोधन गर्न लगाएका थिए ।

7. १९६७ सालसम्म बझाङ बस्दाको अवधिमा राजा जयपृथ्वी बहादुर सिंहले क्रान्तिकारी भुमिसुधार व्यवस्था लागू गरि बझाङ्गी राजारजौटाको नाममा रहेका जग्गामा मोहयानी हक दिलाएर सर्वसाधारण जनताका नाममा दर्ता गराएका दिए ।


8. १९६८ सालमा काठमाडौंको नक्सालमा रहेको सत्यवादी पाठशालालाई बझाङको मेल्लेकमा ल्याएर स्थापना गरेपछि पश्चिम क्षेत्रको शिक्षाको विकासको कालखण्ड यहीबाट सुरु भएको मान्छि । बझाङमा सबैका बालबालिकालाई शिक्षा तथा अभिभावकहरुलाई प्रत्येक हप्ताको मंगलबार भोज खुवाउने व्यवस्था गरे । सत्यवादी पाठशाला नजिकै हातेकागज उद्योग समेत थियो ।

9. उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो। जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक अक्षराङ्कमा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। उनको अक्षराङ्क शिक्षा नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ। जयपृथ्वीले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध–भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेखेका छन्। 

10. गोरखापत्र संस्थानको संचालक र प्रधान सम्पादक भएका नाताले १९५८ देखि १९७३ सालसम्म उनले गोरखापत्रमा लेख, रचना, कविता, नाटक, जानकारी, सूचना प्रकाशन गरी जनसमक्ष पु¥याउने काम गरे । यस समयलाई गोरखापत्र तथा पत्रकारिता जगतको स्वर्णिम युग भनिन्छ ।


11. तर, राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गरिएको छैन। किन जो व्यक्तिले ऐतिहासिक र राष्ट्रप्रति गरेको योगदान र मिथाप्रति गरेको घनीभूत संघर्षलाई कदर गर्दै नवआगन्तुक उर्जाशिल वर्गलाई उनले गरेको ऐतिहासिक कामलाई अनुभूति गराई राष्ट्रिय विभुति घोषणा हुनुपर्छ भन्ने आवाहन र अपिल गर्नुपर्छ। उनले जुन नेपाल प्रति आफ्नै सुदीर्घ र ऐश्र्वयाली इतिहास रचेको छ।


12. सम्पूर्ण बझाङ तथा नेपालबासी र मानवअधिकारकर्मीलाई सदाका लागि टुहुरो पार्दै भारतको बैंग्लोरस्थित श्री जय महलमा वि.सं. १९९७ साल असोज १ गते ६३ वर्षको उमेरमा रानी खगेश्वरी सिंह र मानवतावाद नामक दर्शनयुक्त किताबलाई काखमा राखी रानीलाई ‘मेरो क्रिया तिमी आफैले गर्नु, तर शारीरिक पीडा नहुने गरी’ भन्दै सदाका लागि यो संसारबाट बिदा लिए ।

वि.सं. १९८५ (सन् १९२८) मा मानवतावादी दर्शनको प्रतिपादन गरी विश्वभरका मानवमा शान्ति, एकता र सहयोगमा आधारित मानवतावादी क्लब खोलेर विश्वमा मानवलाई मानव–मानवमा समानता, स्वतन्त्रता र भ्रातृत्व हुनुपर्छ भनेर नेपालका जयपृथ्वीबहादुर सिंहले शान्ति र भ्रातृत्वको पक्षमा बिगुल फुकेको २० वर्षपछि मात्र सन् १९४८ मा संयुक्त राष्ट्र संघअन्तर्गत मानवाधिकार आयोगको गठन भई यससम्बन्धी कानुन बनेको हो ।

जयपृथ्वीबहादुर सिंहले देवशमशेरलाई स्कुल खोल्नुपर्छ र नेपाली भाषामा शिक्षा दिनुपर्छ भनेर फकाए । अनि उनले विभिन्न पाठ्यपुस्तक पनि लेखे। त्यसबेला विद्यार्थीले जयपृथ्वीले लेखेको ‘अक्षरङ्क शिक्षा’ पठनपाठन गरिन्थ्यो । विश्व एक घर हो, हामी सबै एक घरका सदस्य हौ मानव–मानवबीचको वैमनश्यता कसरी अन्त गर्न सकिन्छ भन्ने विषयको खोज गर्न र विश्व भाइचाराको नाता जोड्न विश्वका विभिन्न मुलुकहरुमा मानवतावादी संस्थाहरु खोल्दै आफ्नो विचारहरु प्रदान गर्ने उहा नेपाली परिबेशमा महामानव हुन् ।


संकलक
मीनबहादुर मण्डेल