सडक-२ ट्रेलरः युटुबमा सबै भन्दा बढी डिस्लाइक हुनेमा दाेश्राे नम्बरमा, कीन ?


लेखापढी      ६ भाद्र २०७७, शनिबार ०८:५६

सडक-२ ट्रेलरः युटुबमा सबै भन्दा बढी डिस्लाइक हुनेमा दाेश्राे नम्बरमा, कीन ?

गत बुधबार सार्वजनिक महेश भट्टद्वारा निर्देशित फिल्म ‘सडक-२’ को ट्रेलर लगातार धेरै दिन युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा थियाे भने हाल याे तेश्राे स्थानमा छ । हालसम्म यसमा लाइकभन्दा बढी डिस्लाइक छ। दाेश्राे नम्बरमा रहेकाे सडक २ काे ट्रेलरमा १ कराेड २२ लाख सहित सडक २ काे ट्रेलर रहेकाे छ । 

उक्त फिल्मको ट्रेलरको पोस्टर रिलिज भएसँगै आलिया सामाजिक सञ्जालमा ट्रोल बनेकी छन् । फिल्मलाई नेगेटिभ फिडब्याक मात्र आईरहेको छ । साथै यूट्युबमा लाइकको साटो डिसलाईक धेरै आईरहेको छ । महेश भट्टको निर्देशनमा बनेको सडक २ आलियाको लागि ठूलो फिल्म मानिएको छ । उनले पितासँग मिलेर प्रोजेक्टमा धेरै मिहेनत गरेकी छन् ।

बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको दाेश्राे नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ । 

सबैभन्दा धेरै डिस्लाइक पाउने भिडियो चाहिँ युट्युब रिवाइन्ड- २०१८ हो । यसले एक करोड ८२ लाख डिस्लाईक पाएको छ। तेश्राे नम्बरमा जस्टिन बीबरको गीत ‘बेबी’ छ। ‘बेबी’ को खातामा एक करोड १५ लाख डिस्लाईक छ। 

किन भयाे डिस्लाइक ?

गत डेढ महिनाअघि मृत भेटिएका सुशान्त सिंह राजपुतको घटनासँग जोडेर यो क्रमलाई लिइएको छ । आफ्नै अपार्टमेन्टमा मृत भृटिएका सुशान्तको मृत्यु केही भारतीय कलाकारहरूको कारणले गर्दा भएको भन्ने खालमा आक्रोश समर्थकहरूले पोखिरहेका छन् । समग्रमा यसलाई सुशान्त सिंह राजपुतको निधनपनि भारतीय दर्शकमा महेश भट्ट र उनको परिवारप्रति देखिएको आक्रोशको रुपमा हेर्न सकिन्छ ।

 

बलिउड सेनेमा ‘सडक २’ ट्रेलर रिलिज